शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ज्ञानेन्द्र जस्तो प्रभुहरूको खाँचो छैन

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
विप्लवले पक्राउ पुर्जीविरुद्ध आन्दोलन गरे घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले राजतन्त्र फर्किने सपना देखेर जनतालाई दुःख दिने काम भइरहे सैह्य नहुने चेतावनी दिएका छन् ।

समाजवादी मोर्चाको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘विदेशीको षडयन्त्रमा केही तत्वले राजतन्त्रको कुरा गरेका छन्’, उनले भनेका छन्, ‘इतिहास फर्किंदैन । षडायन्त्र हुन्छन् । त्यसप्रति हामी सतर्क र खडा छौं । कुनै तत्व उचालिएर केही हुनेवाला छैन, छुटाउनुपर्ला फेरि … ।’

नेपाली जनतालाई पूर्वराजा ज्ञानेन्द्र जस्तो प्रभुहरूको खाँचो नरहेको उनले जनाए । ‘हामीलाई प्रभुहरूको खाँचो छैन । हामीलाई महासामन्तीहरुको् खाँचो छैन । जनतालाई पैतालामुनि धुलो सरह नदेख्ने सामन्तवादी शासकहरूको खाँचो छैन’, उनले भने ।

४०० वर्ष पार गरेर गणतन्त्रमा आइपुगेको उल्लेख गर्दै उनले अगाडि भने, ‘सामन्तवादबाट लादिएर आएका हामीले ठूलो त्याग संघर्ष र बलिदानबाट वर्तमान व्यवस्था प्राप्त गरेका हौं । यसमा भएका गल्ति सुधार गर्ने हो । अगाडि बढेर जाने हो, पछाडि हट्ने होइन ।’

राजतन्त्रको अन्त्यको समय स्मरण गर्न पनि उनको आग्रह छ । १० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२/६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको थियो ।

२८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । तर, पछिल्लो समय राजतन्त्र पक्षधर पुनः सलबलाउन थालेका छन् ।

राजतन्त्रको बिदा गर्दै गर्दा जनताले गरेको त्याग अहिले पनि उत्तिकै रहेको उनले जनाए ।

त्यसअघि बोल्दै माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्रले मागे अनुसार बस्ने ठाउँ, सुरक्षा र सुविधा दिइएको ख्याल गर्न आग्रह गरेकी थिइन ।

‘मलाइ बस्न बस्न नागर्जुन चाहियो । मलाई केही गाडी चाहिए । केही सुरक्षा चाहियो भनेर पाएपछि नारायणहिटीबाट शान्तिपूर्ण ढंगले बिदा भएको हो’ भुसालले स्मरण गरिन ।

आफूहरूले शान्तिपूर्ण रुपमा बस्न भनेर छाडिएकोलाई कमजोरी नठानन्न उनको चेतावनी छ । पूर्वपञ्चहरूले विगतमा जस्तै राजा कजाएर खराबी गरेर रहन सकिन्छ भन्ने सोचेको उल्लेख गर्दै उनले त्यस्तो सपना पूरा नहुने जनाइन ।

जनतामा निराशा रहेको र तर, त्यो निराशा समाप्त भइसकेको राजतन्त्रको पुर्नस्थापना हुन नसक्ने भन्दै उनले भनेकी छन्, ‘कोही नागरिक दासी हुन तयार छैनन । प्राप्त समानुपातिक समावेशी अधिकार र पहिचान गुमाउन तयार छैनन ।’

यो पनि पढ्नुहोस्

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

५ घण्टा अगाडि
राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक