यता संयुक्त जनआन्दोलनको कमाण्ड सम्हालेका प्रसाईले शान्तिपुर्ण प्रदर्शनमा घुसपैठ भएको र तिनीहरुबाटै अराजक गतिविधि भएको जनाएका छन् ।
आन्दोलन गर्न आऊ भनेर उक्साउने र हिजोमात्र निर्मल निवासमा नवराज सुवेदी तथा दुर्गा प्रसाईलाई बोलाएर निर्देशन दिने ज्ञानेन्द्र शाह नै हुन् भन्ने दुनियालाई थाहा छ । आज व्यक्तिगत सम्पत्तिको आगजनी,लुटपाट,प्रहरी सुरक्षाकर्मीमाथिको आक्रमण तथा हतियार खोस्नेजस्तो जघन्य अपराधका घटनाको जिम्मेवार ज्ञानेन्द्र शाह भएको भन्द्र प्रधानमन्त्री केपी ओली निर्देशन दिइसकेको प्रहरी स्रोतले जनाएको छ ।
तोडफोड र आगजनीको प्रारम्भिक जानकारीपछि उच्च सरकारी अधिकारीहरुले राजनीतिक तहमा तत्काल ब्रिफिङ गरेका छन् । उनका मतियारहरु दुर्गा प्रसाईदेखि जो जो छन् उनीहरु सबैलाई कानूनी दायरमा ल्याउन सरकारमाथि नागरिक दबाब बढेको छ,केही निर्णय तत्कालै होला गरी निर्देशन आएको उनको भनाइ छ ।
राजावादी भनेर चिनिएका राप्रपाका अधिकांश शीर्ष नेता आजको प्रदर्शनमा देखिएनन् । उनीहरुले हिजोदेखि चुप बसेका थिए ।