मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार साहित्य

स्ट्रिङ अपरेसन किन खारेज भयो ? किन ब्यूँतियो ?

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
लोकतन्त्रमा दलका नेता, सांसद र सभामुखको भूमिका !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब ‘स्टिङ अपरेसन’ अर्थात् आफैं रकम उपलब्ध गराएर रंगेहात पक्राउ गर्न सक्ने भएको छ । संघीय संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुँदै राजपत्रमा प्रकाशित ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) ऐन, २०८१’ मा यस्तो व्यवस्था गरिएको हो । सर्वोच्च अदालतले यसअघि नियमावलीमार्फत रंगेहात घुस कारबाही गर्ने व्यवस्था खारेज गरेको थियो । संशोधित ऐनले आयोगलाई रंगेहात घुस कारबाहीका लागि रकम उपलब्ध गराउन सक्ने अधिकार ऐनमार्फत व्यवस्था गरेको हो । सर्वोच्च अदालतले उक्त व्यवस्था खारेज गरेपछि अख्तियारले ४ वर्षदेखि यो कारबाही प्रक्रिया रोकेको थियो ।

सर्वोच्च अदालतले ‘स्टिङ अपरेसन’लाई संविधान र कानुनविपरीत भन्दै रोक लगाउने फैसला गरेको थियो । यो प्रावधान फौजदारी न्यायका मान्य सिद्धान्त, कानुनको उचित प्रक्रिया तथा प्रमाण संकलनसम्बन्धी न्यायिक मान्यताका दृष्टिले समेत मनासिव र तार्किक नदेखिएको अदालतको आदेशमा उल्लेख थियो । अख्तियार आफैँले घुस रकम उपलब्ध गराई सो रकम लिनेलाई पक्राउ गर्ने नियमलाई ‘अनुसन्धान अधिकारीलाई स्वेच्छाचारी तवरबाट कार्य गर्न प्रोत्साहित गर्ने प्रकृतिको’ रहेको अदालतले ठहर गरेको थियो ।

संसदबाट पारित संशोधित ऐनमा रंगेहात घुस कारबाही पुनः सञ्चालन गर्ने, घुस प्रकरणमा कडा कानूनी व्यवस्था, राजस्व चुहावटमा संलग्नलाई दोषी ठहर गर्ने, पद दुरुपयोग गर्नेलाई कारबाही गर्ने लगायतका विभिन्न आठ वटा व्यवस्था परिवर्तन गरेको छ । यी व्यवस्थाले भ्रष्टाचार निवारणका लागि कानूनी कारबाही प्रक्रियालाई बलियो बनाउने र अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउने अख्तियारको दाबी छ ।

ऐनको संशोधित नयाँ व्यवस्था अनुसार यसअघि न्यूनतम सजायको व्यवस्था नरहे पनि अब भने घुस लिने कुनै पनि व्यक्तिले कम्तीमा पनि एक महिना अनिवार्य कैद सजाय भोग्नुपर्ने भएको छ । एक करोड रुपैयाँभन्दा बढी घुस लिने व्यक्तिलाई १० वर्षसम्म कैद र १० करोड रुपैयाँभन्दा माथि घुस लिनेलाई १४ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । साथै भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गर्न सकिने कानुनी व्यवस्था पनि संशोधित ऐनमा थप गरिएको छ ।

‘स्टिङ अपरेसन’मार्फत अख्तियारले विशेषगरी सानो रकम भ्रष्टाचारमा संलग्नलाई पक्राउ गर्दै आएको छ । यसले अख्तियारको कारबाही प्रभावकारी भएको तथ्यांक देखाउन सहयोग मिल्दै आएको थियो । साथै, ठूला भ्रष्टाचारका घटनामा कारबाही गर्न असफल हुँदै आएको अख्तियारलाई आफ्नो अक्षमता छोप्न पनि यसले मद्दत मिलेको थियो । सानो होस् वा ठूलो भ्रष्टाचारको कारबाहीलाई नराम्रो भन्न मिल्दैन । तर, ‘सानो माछा’लाई मात्र कारबाही गर्ने र ‘ठूला माछा’लाई छुनै नसक्ने अवस्था भइरहेमा नेपालमा भ्रष्टाचार निर्मूल हुन सम्भव छैन ।

अर्कोतर्फ यदि अख्तियारले भ्रष्टाचारमा संलग्न नेता, मन्त्री, उच्चपदमा रहेका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सक्ने हो भने यसले भ्रष्टाचारमा उद्यत अन्य व्यक्तिलाई पक्कै निरुत्साहित पार्नेछ । त्यसले स्टिङ अपरेसनलाई ब्युँताउने प्रयासलाई नराम्रो भन्न नमिले पनि अख्तियारले यसलाई आफ्नो काम देखाउनेको हतियारको रुपमा प्रदर्शन गर्न हुँदैन । ठूला होस् वा साना जस्तोसुकै भ्रष्टाचारलाई पनि कारबाहीको दायरामा ल्याउने हिम्मत अख्तियारले गर्नुपर्छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

भड़ारमा रुख बाट लड्दा एक महिलाको मृत्यु

खोलामा डुबेर एकै घरका दुई जना बालकको निधन

१२ घण्टा अगाडि
पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस

जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक