सोम, चैत्र ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रियसभाको बैठक एक घण्टाका लागि स्थगित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
सङ्घीय सदनको बैठक बस्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण राष्ट्रियसभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीकै जवाफ चाहिने भन्दै अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

बिहीबार मध्याह्न १२:१५ का लागि बोलाइएको बैठकमा नेकपा (एकीकृत समाजवादी)का बेदुराम भुसालले प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा सदनमा आएर जवाफ नदिने अभिव्यक्ति दिएकोमा आपत्ति जनाए । सदनमा आएर जवाफ नदिइनु संविधानको उलंघन भएको समेत बताए ।

“…संसद्‌प्रति अनुत्तरदायी हुने, संसद्‌मा उठेको विषयलाई गम्भीरताका साथ नलिने, आएर जवाफ पनि नदिने व्यवहार प्रधानमन्त्रीले देखाउनुभएको छ । यो संविधानतः गलत छ । संविधानले संसद्प्रति उत्तरदायी हुने व्यवस्था गरेको छ,” उनले भने ।

भुसालले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने पनि जनाए ।

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक अघि बढाउनुपर्ने भन्दै बस्न आग्रह गरेका थिए । तर, विपक्षी दलहरू उभिरहे ।

राष्ट्रियसभा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पनि सोही विषय राखे ।

विपक्षी दलको अवरोध कायमै रहेपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको हो । बुधबार पनि सोही विषयमा सदन अवरुद्ध भएको थियो ।

यो पनि पढ्नुहोस्

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

२ घण्टा अगाडि
विप्लव नेकपाकाे बैठक बस्दै

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने

राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

राप्रपाको असन्तुष्ट पक्षले थाल्याे पुन: छलफल

नेपालको स्वास्थ्य प्रणाली समस्याग्रस्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक