काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम रिहा भएका छन्।
बैकिङ कसुरको मुद्दा खेपेका उनी जाहेरीवालालाई रकम तिरेर कागजी प्रक्रिया पुरा गर्न बुधवार बानेश्वर वृतमा पुगेका थिए।
जाहेरी पक्षसँग मिलापत्र भएपछि काठमाडौं जिल्ला अदालतले आज गौतमलाई थुनामुक्त गर्न आदेश दिएको हो। उनी अहिले थुनामुक्त भएर काभ्रे पुगिसकेका छन्।
गौतम नेकपा एकीकृत समाजवादीका नेता हुन्।