मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

देश बचाउने र बनाउने तरिका बिकसित देशबाटै सिकौं !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

भड़ारमा रुख बाट लड्दा एक महिलाको मृत्यु

खोलामा डुबेर एकै घरका दुई जना बालकको निधन

१२ घण्टा अगाडि
पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस

जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

१२ घण्टा अगाडि
-सबि भट्टराई

अमेरिकामा गत जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेसँगै त्यहाँ रहेका आप्रवासीका विषयमा कडाइ गर्दै आएका छन् । उनले त्यहाँ अवैध बसेका आप्रवासीलाई घर पठाउन थालिसकेका छन् । यस्तै विभिन्न देशबाट पुनर्वासका लागि ल्याइएका आप्रवासीलाई पनि उनले फिर्ता गरेका छन् । त्यतिमात्र नभई विभिन्न देशका नागरिकलाई अमेरिका प्रवेशमा नै कडाइ गर्ने भएका छन् । अमेरिकाजस्तो विशाल, विकसित र समृद्ध देशले केही लाख आप्रवासीलाई आश्रय दिन नसक्ने हो त ? पक्कै होइन । बरु निश्चित रकम लगानी गरेर ‘गोल्ड कार्ड भिसा’को नीति अमेरिकाले ल्याएको छ । अमेरिकाले किन यस्तो दोहोरो नीति लियो त ? नागरिकताको विषयमा सधैं विवाद भइरहने नेपालले अमेरिकाको नीतिबाट के पाठ सिक्न सक्छ त ?

हामी विदेशीलाई नागरिकता दिने नीति खुकुलो बनाउँदै छौं, तर विश्वकै धनी र शक्तिशाली मानिँदै आएको र साम्राज्यवादी मुलुकको बदनाम दर्जा पाएको अमेरिकाले पछिल्लोपटक नेपालजस्ता देशका जनतालाई शिक्षाप्रद हुने खालको नीति अवलम्बन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगानीकर्ताहरूलाई आकर्षित गर्न योजना ल्याएका छन् । यस योजना अन्तर्गत मानिसहरूलाई ५० लाख डलरमा गोल्ड कार्ड भिसा प्रदान गरिने छ । यी गोल्ड कार्डहरूले अमेरिकाको ३५ वर्ष पुरानो लगानीकर्ता भिसालाई प्रतिस्थापन गर्नेछन् । ट्रम्पले भनेका छन्, ‘यसरी नागरिकता पाउने मानिसहरू धनी र सफल हुने छन् । तिनीहरूले यहाँ धेरै पैसा खर्च गर्ने छन् र कर तिर्ने छन् । साथै, तिनीहरूले मानिसहरूलाई रोजगारी पनि प्रदान गर्ने छन् । हामीलाई लाग्छ यो योजना अत्यन्तै सफल हुनेछ ।’

अर्कोतर्फ अमेरिकी प्रशासनले ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने नयाँ सूची तयार गर्दैगरेको समाचार द न्यु योर्क टाइम्सले दिएको छ । प्रस्तावमा भुटानलगायत ११ देशका नागरिकमाथि पूर्ण प्रतिबन्ध लगाइने उल्लेख छ । यस सूचीमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, नर्थ कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुयला र यमन छन् । यसैगरी, भिसा दिन कडाइ गरिने मुलुकहरूको सूचीमा बेलारुस, एरिट्रिया, हाइटी, लाओस, म्यानमार, पाकिस्तान, रुस, सियरा लिओन, दक्षिण सुडान र तुर्कमेनिस्तान छन् । यस्तै, ६० दिनभित्र अमेरिकी चासो सम्बोधन नगरे प्रतिबन्धको सूचीमा पर्नसक्ने मुलुकहरूमा अङ्गोला, एन्टिगुवा, बर्बुडा, बुर्किना फासो, कम्बोडिया, केमरुन, केप डेर्ड, चाड, रिपब्लिक अफ कङगो, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोलगायत छन् ।

अमेरिकाले आप्रवासी नीतिमा कडाइ गर्नुका पछाडि विभिन्न कारण छन्, जसमा आर्थिक, राजनीतिक, सुरक्षा र सामाजिक पक्षहरू समावेश छन् । अमेरिका आप्रवासीलाई कडाइ गर्न खोज्नुको एउटा प्रमुख कारण राष्ट्रिय सुरक्षा हो । सरकारलाई डर छ कि कमजोर आप्रवासन प्रणालीका कारण अपराधी समूह, आतंककारी संगठन, वा अन्य अवैध गतिविधिमा संलग्न व्यक्ति अमेरिका प्रवेश गर्न सक्छन् ।

अमेरिकामा लाखौँ अवैध आप्रवासी बसोबास गरिरहेका छन् । तिनीहरू सीमाबाट गैरकानूनी रूपमा प्रवेश गर्ने, भिसाको समय समाप्त भएपछि पनि बसिरहने वा कागजातविहीन आप्रवासीका रूपमा काम गर्ने गरेका छन् । यसले सरकारको सीमा सुरक्षा, श्रम बजार, र सार्वजनिक सेवा प्रणाली मा ठूलो असर पार्न सक्छ । धेरै अमेरिकी नेताको तर्क छ कि अत्यधिक आप्रवासनले स्थानीय अमेरिकी कामदारहरूको रोजगारीमा असर पार्न सक्छ । सस्तो श्रममा काम गर्न इच्छुक आप्रवासी आउँदा अमेरिकी श्रमिक प्रतिस्पर्धाबाट बाहिरिन सक्छन् । अधिक आप्रवासी आएमा स्वास्थ्य सेवा, शिक्षा, र सामाजिक सुरक्षामा दबाब पर्न सक्छ ।

नेपालमा पनि नागरिकता प्रदान गर्ने विषयका साथै भुटानी तथा रोहिंग्या शरणार्थीजस्ता समस्या छन् । कुनै पनि देशका लागि नागरिकता भनेको अति नै संवेदनशील विषय हो । यसमा पटकपटक फेरबदल हुनु उचित हुनुहुँदैन । तर, नेपालमा भने धेरैपटक नागरिकतासम्बन्धी विषयमा परिमार्जन गर्नेगरी कानुनहरु बन्दै आएका छन् । त्यसैले निश्चिन्त रुपमा यी कानुन देशी तथा विदेशी स्वार्थसमूहको दबाब तथा प्रभावमा परिवर्तन भइरहेको भन्न सकिन्छ । दक्षिणमा ठूलो जनसंख्या भएको भारतसँग खुला सीमा भएको नेपालमा सहजै नागरिकता वितरण हुनु यहाँका रैथानेमाथि बाहिरी व्यक्तिलाई हावी हुन दिनु पनि हो । त्यो अवस्थालाई मलजल गर्न नयाँ कानुनले झनै सहयोग पुग्ने देखिन्छ । त्यसैले विदेशी महिला, पुरुष, जो नेपालीसँग विवाह गर्छन्, जो नेपालमा बसिरहेका छन्, जो बेवारिसे अवस्थामा भेटिएका छन्, उनीहरुलाई नागरिकता दिने विषयमा ठूलो विचार विमर्श आवश्यक छ ।

विश्वका थुप्रै देशमा नागरिकतासम्बन्धी कडा प्रावधान छन् । कुनै पनि देशको नागरिकता बन्न कैयौं वर्षसम्म बसोबास गरेको हुनुपर्ने लगायत शर्त छन् । कतिपयले त जति बसोबास गरे पनि आफ्नो स्थायी नागरिकको हैसियत दिँदैनन् । तर, नेपालमा भने नागरिकता सम्बन्धी व्यवस्था पटकपटक बदलिने गरेको छ । यसले देशमा विदेशी नागरिकको संख्या बढ्दै जाँदा उनीहरुको व्यवस्थापन नै समस्या हुने गरेको छ । सरकारलाई आग्रह छ कि ! सिमाना खुला भएकाले नागरिकतासम्बन्धी व्यवस्थामा हामी धेरै गम्भीर हुनुपर्नेछ । वास्तविक नेपालीले नागरिकता प्राप्त गर्न नागरिकता ऐन बाधक छैन । तर, जन्मसिद्धका नाममा नक्कली नेपाली नागरिक बनेका सीमापारिका नागरिकका सन्तानलाई नेपाली नागरिक बनाउने राष्ट्रघाती योजना मान्य हुन सक्दैन । यस्तै विदेशीलाई सहज रुपमा नागरिकता पाउने व्यवस्था र शरणार्थीका लागि नेपाल स्वर्गभूमि बनाउने अवस्था स्वीकार हुन सक्दैन ! बेलैमा सचेत बन्न जरुरी छ । जनधारणा साप्ताहिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक