काठमाडौं । काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-७ बसपार्कस्थित सडकमा बा.प्र-०१-००३ क ९४८५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ललितपुर महाङकाल गाउँपालिका-२ घर भएका ७० वर्षीया मैया बजगाइको सोमबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन, भरतपुर महानगरपालिका-२९ चौधकिलोस्थित सडकमा बा.प्र.०३-००१ ख ४८७४ नम्बरको ट्रक अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक रौतहट सखुवा घर भएका ३० वर्षीय राम नारायण यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सहचालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।