काठमाडौं । काठमाडौं महानगरपालिका-१५ हल्चोकस्थित सडकमा बा.प्र.०१-००७ ख ११५१ नम्बरको बस र बा. प्र-०२-०१५ प ७९७८ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने ५९ वर्षीय पुरूषोत्तम महर्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहा, सखुवानन्कारकट्टी गाउँपालिका-५ महेशवारीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम,थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।
महोत्तरी, गौशाला नगरपालिका-२ निरौल गाउँस्थित सडकमा सम्सीबाट गौशालातर्फ आउँदै गरेको ज.७ प ७३१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोनमा गाउँपालिका-२ बस्ने ४० वर्षीय भरत यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको गौशाला पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

