मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

पेलेस्टिनहरु कतिञ्जेल त्रासद इजरायली नरसंहारमा परिरहने ?

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोकनारायण सुबेदी

सीमित युद्ध बिराम र केही बन्धकहरुको जेल र हिरासतबाट रिहाइ पछि गाजामा अहिले पुनः इजारायली बमबाडीबाट त्रासद नरसंहारको अन्तहीन श्रृंखला शुरु भएको छ । बितेका दुइ तिन दिनमै ७०० भन्दा बढी प्यालेस्टिनीहरु त्यसमा पनि पूर्बबत अधिकांश महिला र बालबालिकाहरु मारिएका छन् । झण्डै डेढ बर्ष पहिला शुरु भएको यस पछिल्लो रक्तपातको क्रममा गाजको यो अहिलेको क्रूरतम नरहत्या सबैभन्दा ठूलो त्रासदी हो भनिदैछ । यस पटक त झन यस्तो दुर्दान्त मानब त्रासदी र आम हत्याप्रति बिश्वका मानिसहरुको मौनता पनि कम पीडादायक छैन ।

आफ्नो दोश्रो कार्यकालमा बिश्वको शान्ति दूत भएको दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला इजरायलको नरसंहारको पक्षमा पूर्ण साथ दिइरहेका देखिन्छन् । उनले इजरायली प्रधानमन्त्री बेञ्जामेन नेतान्याहूलाई मनपरी तरीकाले निर्दोष र अबोध बाल बच्चाहरु र महिलाहरुको आम हत्यालाई हरियो झण्डा देखाइदिएका छन् । ट्रम्पलाई यूक्रेनमा सैनिकहरु मारिएकोमा त बहुत ठूलो चिन्ता छ तर गाँजमा ती निर्दोष र अबोध बाल बच्चा तथा महिलाहरुमाथि भइरहेको नरसंहारकारी अमानबीय अत्याचारको कुनै मतलब छैन । उनी चुपचाप छन् । त्यति मात्र होइन,ट्रम्प प्रशासनले इजरायलका बिरुद्ध अमेरिकाका बिश्वबिद्यालयहरुमा हुने बिरोध प्रदर्शन रोक्नका लागि अमेरिकामा समेत दमनकारी हतकण्डा अख्तियार गरेका छन् । यस क्रममा उच्च शिक्षण संस्थाहरुमा दिइने गरेको अर्थिक सहयोग अर्थात ‘फण्डिङ्ग’ पनि बन्द गरिन थालेको छ । अनि प्रदर्शनमा भाग लिने बिद्यार्थी नेताहरुलाई देशबाट बाहिर निकाल्ने कदम पनि चालिन थालेको छ । त्यसको चपेटामा कतिपय भारतीय मूलका बिद्यार्थीहरु पनि परेको बताइदैछ । आश्चर्यलाग्दो त के भनौं हुँदै आएको कुरा त अझ के हो भने प्यालेस्टिनीका बिरुद्ध इजरायललाई साथ दिने कुरामा अमेरिकाका दुबै प्रमख राजनीतिक दल रिपब्लिकन र डेमोक्रेट एक अर्कासँग होडबाजी गरिरहेको देखिन्छन् । यस अघिको जो बाईडेन प्रशासनले पनि इजरायललाई पूर्णरुपमासाथ र सहयोग दिएको थियो केवल अन्तर के थियो भने बाइडेन प्रशासन नागरिक ज्यान मालको सुरक्षा सुनिश्चित गरिनु पर्ने सल्लाह पनि दिने गर्दथ्यो । यथार्थतः बिपक्षमा रहेको डेमोक्रेटिक पार्टी इजरायलकाप्रति बढी नै अनुकूल थियो र रहेको छ । अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि पुरानै नीतिलाई खुल्लारुपले अझ अघि बढाइरहेका छन् ।

हुन पनि राजनीतिक बिश्लेषकरुका अनुसार अमेरिकामा इजरायल समर्थक र सहयोगी लबी अत्यन्तै सबल रहेको बताइन्छ । यद्यपि त्यहाँ यहूदी मानिसहरुको संख्या एक करोडभन्दा पनि कम छ । कतिपय आलोचकहरुको त कतिसम्म गम्भीर आरोप छ भने अमेरिकाको राजनीति र अर्थब्यवस्थामाथि इजरायल समर्थक तत्वहरुको बर्चश्व र कब्जा छ । अर्को शब्दमा भनिदा त्यहाँको राजनीति र अर्थब्यवस्थमा इजरायली समर्थक ततवहरुको बर्चश्व र कब्जा रहेको र बन्धक बनाइएको छ । यस सम्वन्धमा अमेरिकालाई छोडिदिएर कुरा गर्ने हो भने पनि यस कुराको के नै औचित्य होला कि अमेरिका बाहेकको बाँकी दुनियाँ पनि अहिलेको यो क्रूर अमानबीय गाँजा त्रासदीप्रति चूपचाप र निष्कृयरुपमा बसेर रमितेजस्तो बनेको छ । बिश्वमा मुस्लिम देशहरुको संख्या गन्ने हो भने ५० भन्दा बढी नै होला । त्यसमा पनि धेरैजसो सुन्नी मुस्लिम देशहरु छन् ।पेलिस्टिनमा इज्रायली बर्बताको शिकार पनि अधिकांश सुन्नी मुस्लिमहरु नै बनिरहेका छन् । यस्तो घोर अत्याचारको अबस्थामा पनि बिश्वका सुन्नी मुसलमान समेत हात खुट्टा बाँधेजस्तो गरेर बसिरहेका देखिनु् निकै संबेदनशील प्रश्न छ । ती देशहरुले पेलेस्टिनीहरुमाथि भइरहेको नृशंश बर्बताका सम्वन्धमा बक्तब्यबाजी गर्न बाहेका कुनै अरु दबाबकारी र ठोस कदम उठाएका छैनन् । पेलेस्टिनीहरुको समर्थनमा बरु केवल शिया मुस्लिम प्रभाब भएका देश र संगठनहरुले भने केही कारबाही गरेका छन् ।तिनले नै सबैभन्दा बढी नोक्सानीको सामना पनि गर्नु परेको छ । त्यस क्रममा लेबनानको छापामार संगठन हिज्जबुल्लाहको पूरै नेतृत्व नै मारियो । सीरियामा बशर अल असदले आफ्नो सत्ता नै गुमाउनु परेको देखियो । सीरियामा जेहादी संगठन एचटिएस प्रभावकारी मानिन्छ । तर त्यसका लडाकुहरु इज्रायलको बिरुद्ध कारबाही गर्नुको साटो अल्पसंख्यक शिया अलबी र इसाई नागरिकहरुमाथि हमला गरिरहेको बिश्लेषकहरु औंल्याउँदछन् ।

ईरानले पनि आफ्नो सुरक्षा मामिलालाई लिएर नयाँ खतराको सामना गर्नु परिहेको छ । कतिपय समीक्षणहरुले त केसम्म पनि भनिरहेका छन् भने आउदा दिनमा अमेरिका र इजरायल मिलेर ईरानका बिरुद्ध सैनिक कारबाही गर्नेछन् । यूक्रेनको मामिलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसकाप्रति जुन उदार रबैया देखाइरहेका छन् त्यसको कारण के पनि हुन सक्तछ भनिदैछ भने उनी ईराको सन्दर्भमा रुसलाई तटस्थ रहन राजी गराउन खोजिरहेका छन् ।

बृटिश साम्राज्यबादबाट स्वतन्त्रता हासिल गरेपछिदेखि यता भारत पेलेस्टिनका नागरिकहरुको स्वाधीनताको अधिकारको सबैभन्दा बढी हिमायती देखिने गरेको हो । यसका अतिरिक्त उसले धर्मनिरपेक्ष र उदारबादी मुस्लिम देशहरुसाँगको मित्रतलाई पनि बढाउदै आएको पनि देखिएको हो । तर भनिदैछ कि भू–राजनीति कारण र राष्ट्रिय हितहरुको सुरक्षाका कारणले समेत होला पछिल्लो समय उसले आफ्नो अडानमा खाशगरी पेलेस्टिनीहरुकै बिषयमा निकै फेरबदल ल्याउन थालेको छ । हुन पनि भारत निकै लामो समयदेखि बिद्रोही आतंबादको शिकार पनि बन्दै आएको दश पनि हो ।

यस परिप्रेक्षमा भारतलाई अधिकांश मुस्लिम देशहरुले खुलेर समर्थन पनि गरेका छैनन् । अर्कोतिर इजरायलले गुप्तचरी सूचनाहरुकासाथै भारतलाई आतंबाद बिरोधी प्रोद्योगिकी उपकरणहरु पनि उपलब्ध गराउने गरेको औल्याइदै आएको छ । यस प्रकारको बिरोधाभासपूबर्ण रणनीतिक यथार्थका कारण भारतको बर्तमान मोदी सरकार इजरायलको खुलेर आलोचना गर्नबाट बच्न थालेको छ । भारतका कतिपय दलले यो मोदी रणनीतिक बाध्यता भनेर समर्थन पनि गर्दा होलान् । तर धेरैले बिरोध नै गर्दछन् ।

अनि यो प्यालेस्टिनी मामिल केवल उनीहरुको न्याँय,स्वाधीनता र स्वतन्त्रताको बिषय मात्र भएर रहेको छैन । यो त आजको बिश्व मामिल बनिसकेको छ ।यसप्रति आँखा चिम्लनु या त्यसबाट दायाँ बाँया लाग्नु आफ्नै स्वाधीनता, स्वतन्त्रता र सम्प्रभूताप्रति पनि प्रश्न उठ्ने र साम्राज्यबादको पिछलग्गु बन्ने कुरा हुन जान्छ । त्यसैले प्यालेस्टिनमाथि भइरहेको जघन्य नरहत्या र घोर अमानबीय एबं त्रासद अत्याचारका बिरुद्ध बिश्वका सम्पूर्ण शान्तिकामी जनता एकजुट भएर आवाज उठाउनु र न्याय, स्वाधीनता र स्वतन्त्रताको पक्षमा आवाज बुलन्द गर्नुको कुनै बिकल्प छैन ।

यो पनि पढ्नुहोस्

भड़ारमा रुख बाट लड्दा एक महिलाको मृत्यु

खोलामा डुबेर एकै घरका दुई जना बालकको निधन

११ घण्टा अगाडि
पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस

जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक