काठमाडौं, १० चैत धादिङ, निलकण्ठ नगरपालिका-४ पौवा बस्ने संजिब परियारकी छोरी ५ वर्षीया संजिबनी परियारको आफ्नै घर बाहिर राखिएको पानीको ड्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल धादिङबेशीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-२ कुसुमटार बस्ने ५५ वर्षीय कुल प्रसाद गौतमको सोही ठाउँस्थित मरिण खोला कुडुले दहमा पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।