काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी प्यालेस्टिनी मातृभूमि गाजामा इजरायली हवाई आक्रमण र क्रुर नरसंहारको पुनः कडा शब्दमा निन्दा गर्दछ ।
त्यस आक्रमणमा परेर एकै दिनमा ६०० भन्दा बढी प्यलेस्टिनीहरूको मृत्यु भएको, मारिएकाहरूमा अधिकांश निर्दोष महिला र बालबालिका रहेको तथा यस जाति संहारकारी आपराधिक आक्रमणबाट इजरायलले युद्धविरामको दोस्रो चरणबाट पछि हट्ने सङ्केत दिएको र त्यस चरणले जुन शान्ति ल्याउने र शत्रुताको अन्त्य गर्ने अपेक्षा गरिएके थियो त्यसमाथि तुषारापात गरको नेपाल कम्युनिष्ट पार्टीले ठहर्याएको छ ।
पछिल्लो यो नरसंहार गत मार्च २ देखि गाजाका लागि खाद्यान्न, इन्धन, पानी र औषधिजस्ता सबै आपूर्तिमा लगाइएको पूर्ण नाकाबन्दीको शीर्षस्थानमा आएको छ ।
अमेरिकी ट्रम्प प्रशासनले इजरायलको यो पछिल्लो घोर अमानबीय आक्रामकतासँग साँठगाँठ गरिरहेको छ, जसको उद्देश्य प्यालेस्टिनीहरूलार्इ उनीहरूको त्यो मातृभिमबाट खेदेर त्यो क्षेत्रलाई समतल पार्नु र त्यसलाइ टुरिष्ट हब बनाउनु रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी इजरायलको सैन्य कारबाही तत्काल रोक्न र युद्धविरामको दोस्रो चरण लागू गर्न जोडदार माग गर्दछ र यो संसारभरिका शान्तिप्रेमी मानिसहरूको न्यायपूर्ण माग हो भन्ने कुरा पुनः उल्लेख गर्न चाहन्छ ।
नेपाल सरकारले इजरायलको जनसंहारकारी यो आक्रामक कदमको खुलेर विरोध गर्नुपर्छ । अबोध बालबालिका र महिलाहरू समेत सिंगो जनता भोकमरी र सामूहिक मृत्युको चपेटामा पर्दा कुनै पनि सरकार चुप लागेर बस्न मिल्दैन ।
त्यसो गर्नु घोर अमानबीयतालार्इ साथ र सहयोग गर्नु ठहर्छ भन्ने उल्लेख गर्दै सिक्दै काम गर्दै कार्यक्रम अन्तर्गत इजरायलमा काम गर्न जाँदा अपहरणमा परेका निर्दोष नेपाली यूवा बिपिन जोशीको तत्काल रिहाइ गराउन नेपाल सरकारले सम्पूर्ण क्षमताकासाथ पहल र प्रयत्न गरोस् भन्ने पनि नेपाल कम्युनिष्ट पार्टीले पुनः जोडदार माग दोहोर्याउँदछ ।