शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

याे हाे विश्वको सबैभन्दा ठूलो डिजिटल क्यामेरा !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
याे हाे विश्वको सबैभन्दा ठूलो डिजिटल क्यामेरा !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । विश्वको सबैभन्दा ठूलो डिजिटल क्यामेरा सार्वजनिक भएको छ । यसलाई वेरा सी रुबिन अब्जरभेटरीमा स्थापना गरिएको छ । यस प्रकारको डिजिटल क्यामेरालाई लार्ज सिनअप्टिक सर्वे टेलीस्कोप (एलएसएसटी) क्यामेरा पनि भनिन्छ ।

यो अहिलेसम्मकै सबैभन्दा ठूलो डिजिटल इमेजिङ उपकरण हो, जसले आउने दशकभर दक्षिणी गोलार्धको रातको आकाशको विस्तृत अवलोकन गर्नेछ । यसलाई सिमोनयी सर्वे टेलीस्कोपमा सफलतापूर्वक जडान गरिएको छ र अब अन्तिम परीक्षण चरण सुरु हुन लागेको छ ।

त्यसपछि अब्जरभेटरी सन् २०२५ देखि पूर्ण रूपमा सञ्चालनमा आउनेछ । यो टेलिस्कोप अमेरिकी राष्ट्रिय विज्ञान फाउण्डेशन (एनएसएफ) र ऊर्जा विभाग (डिओई) को संयुक्त आर्थिक सहयोगमा निर्माण गरिएको हो, जसको उद्देश्य ब्रह्माण्डको अभूतपूर्व टाइम–ल्याप्स रेकर्ड तयार गर्नु हो ।

एनएसएफ–डिओई वेरा सी. रुबिन अब्जरभेरटरीका अनुसार, एलएसएसटी क्यामेराले केही रातको अन्तरालमा पूरै आकाशको व्यवस्थित रूपमा सर्वेक्षण गर्नेछ र अभूतपूर्व स्तरको उच्च–रिजोल्युसन छविहरू प्रदान गर्नेछ ।

अब्जरभेटरीको आधिकारिक बयानर अनुसार, यसको एउटा फोटो नै यति विस्तृत हुनेछ कि त्यसलाई प्रदर्शन गर्नका लागि ४०० वटा अल्ट्रा–एचडी टेलिभिजन स्क्रिनहरू आवश्यक पर्छ । यस क्षमताका साथ, यो क्यामेरा सुपरनोभा, क्षुद्रग्रह (एस्टेरोइड) र द्रुतगामी तारा (पल्सेटिङ स्टार) जस्ता खगोलीय घटनाहरूलाई कैद गर्न सक्षम हुनेछ, जसले ब्रह्माण्डीय घटनाहरूको बुझाइलाई नयाँ दिशा दिनेछ ।

वेरा सी. रुबिन अब्जरभेटरीको नाम प्रसिद्ध खगोलशास्त्री वेरा रुबिनको सम्मानमा राखिएको हो । उनले आफ्नो सहकर्मी केन्ट फोर्डसँग मिलेर अनुसन्धान गर्दा पत्ता लगाए कि आकाशगङ्गाहरू गुरुत्वाकर्षण नियमअनुसार अपेक्षित गतिमा घुमिरहेका छैनन् । यस अनुसन्धानबाट निष्कर्ष निकालियो कि कुनै अदृश्य पदार्थ (डार्क म्याटर) ले यी आकाशगङ्गाहरूको गति प्रभावित गरिरहेको छ ।

अब्जरभेटरीको उन्नत अप्टिकल र डेटा–प्रोसेसिङ प्रविधिहरूले यो रहस्य झन् गहिराइमा अध्ययन गर्न मद्दत गर्नेछ र डार्क इनर्जीका प्रभावहरू मापन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

यो पनि पढ्नुहोस्

भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

१ महिना अगाडि
धेरै दाँत भेटिएपछि विश्व कीर्तिमानमा दर्ता

धेरै दाँत भेटिएपछि विश्व कीर्तिमानमा दर्ता

४ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपालको मौलिक संस्कार–संस्कृतिमाथि विदेशी हस्तक्षेप रोक्नुपर्छः ओम पाथीभरा माता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक