काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ थियो ।
चार दिनमा सुनको मूल्य प्रतितोला ६ हजार ७ सय रुपैयाँ बढेको छ । गत बुधबार सुनको मूल्य २ लाख ४१ हजार ४ सय मा झरेको थियो ।
चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १९५ रुपैयाँ रहेको चाँदी आज ३२१५ रुपैयाँ पुगेको छ ।

