मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

पूर्वपञ्चहरुले देखाए पुरानै चरित्र !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

पछिल्ला प्रदर्शनमा समर्थकको उपस्थिति र गणतन्त्रवादीहरुको पनि ध्यानाकर्षणले राजावादीहरुमा उत्साह बढाएको छ । वर्षौंदेखि मन्द स्वरमा नै सही राजतन्त्रको पक्षमा आवाज उठाउँदै आएका राजावादीहरु पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा स्वागत कार्यक्रमपछि हौसिएका हुन् । उनीहरुको मनोबल बढाउनेमध्ये गणतन्त्रवादी दल तथा नेताहरु पनि हुन् । उनीहरुले राजावादीलाई ठूलो महत्व दिएर आलोचना गरे, सञ्चारमाध्यमले प्रचारप्रसार, जनसमाजले चासो राखे । यस्तो अवस्थालाई राजावादीले अवसरका रुपमा लिएका छन् । अर्कोतर्फ राजनीतिक दलप्रति जनताको चरम निराशा त उनीहरुलाई आगोमा घ्यूझैं भइरहेको छ । त्यही कारण राजतन्त्र पुनस्र्थापनाका लागि राजावादीले एउटै छातामुनि संगठित रुपमा आन्दोलन अगाडि बढाउने भएका छन् ।

तर, संगठित प्रयास गर्ने निर्णयले औपचारिकता नपाउँदै विवादित बनेको छ । यसले पूर्वपञ्चहरुमा पुरानै चरित्र हावी भएको छ । तत्कालीन राजाको पालामा पनि पञ्चहरु एकत्रित हुन सकेका थिएनन्, एकले अर्काको खुट्टा तान्ने प्रयासका कारण उनीहरु आफैं सकिएका थिएनन्, राजतन्त्रलाई अन्त्य गर्न पनि ठूलो भूमिका खेलेको थियो । अहिले पनि त्यही विवाद देखिएको छ । आन्दोलनको मोर्चाको नेतृत्व कसले गर्ने र पूर्वराजा शाहको विश्वासपात्र को बन्ने भन्ने विषयमा राजावादीबीच तीव्र मतभेद देखिएको छ ।

पूर्वराजा शाहले राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा राजतन्त्र पुनस्र्थापनाका लागि मोर्चाबन्दी गर्दै आन्दोलन अगाडि बढाउने भएका छन् । तर, सुवेदीको नेतृत्वलाई भने संसद्को पाँचौं ठूलो शक्ति राप्रपाले अस्वीकार गर्ने भएको छ । पूर्वराजा ज्ञानेन्द्रले राजा फर्काउने अभियानको मुख्य नेतृत्वका रूपमा अगाडि सारेका ८६ वर्षीय नवराज सुवेदी को हुन् ? सुवेदी अहिले सक्रिय राजनीतिमा छैनन्, न त उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र कुनै प्रभावशाली भूमिकामा नै छन् । २०२० को दशकदेखि राजनीतिमा संलग्न सुवेदी पञ्चायत कालमा तत्कालीन राजाका विश्वास पात्र मानिन्थे । पञ्चायती शासन व्यवस्थामा पटक–पटक लाभ उठाएका उनी २०२४ सालमा सहायक मन्त्री नियुक्त भए । एक वर्षमै उद्योग मन्त्रीको जिम्मेवारी सम्हालेका सुवेदी २०३८ सालमा रामेछापबाट राष्ट्रिय पञ्चायत सदस्य चुनिए ।

त्यसै वर्ष उनी गृह तथा पञ्चायत मन्त्री बने । २०४३ सालको निर्वाचनपछि राष्ट्रिय पञ्चायतका अध्यक्षमा नियुक्त भए, जसलाई दरबारको सिफारिसमा चयन गरिन्थ्यो । राष्ट्रिय पञ्चायत अध्यक्ष भएकै कारण उनलाई पञ्चायत नीति तथा जाँचबुझ समितिको नेतृत्वसमेत दिइयो । हाल आएर पूर्वराजा ज्ञानेन्द्रले उनलाई अगाडि सारेर राजा पुनस्र्थापनाको अभियान अघि बढाउने प्रयास गरेपछि सो अभियानमा संलग्न प्रमुख नेताहरु राजेन्द्र लिङ्देन, कमल थापा, ज्ञानेन्द्र शाही लगायत असन्तुष्ट बनेका छन् । उनीहरूले सुवेदीलाई अगाडि सार्नुको विरोध गर्दै अभियान छाड्ने चेतावनी दिएका छन् र पूर्वराजालाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले त अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको छ । अध्यक्ष लिङ्देनको नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिको बैठक राखेर आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बैठकले निर्णय गरेको हो । सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति सोमबार गठन भएको थियो । उक्त समितिमा अध्यक्ष लिङ्देनलाई पनि सदस्य राखिएको थियो भने वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सदस्य सचिव थिए । यो समितिमा आफू सदस्य नबस्ने लिङ्देनले बताएका थिए ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजीलगायतका आन्दोलनलाई अघि बढाउने निर्णय गरेको हो । राप्रपाले भनेको छ, ‘राप्रपाले राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजीलगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानका पूर्वघोषित कार्यक्रमहरुलाई निरन्तरता दिनेछ ।’

आगामी चैत १२ गते बस्ने आन्दोलन परिचालन मूल समितिको बैठकले आन्दोलनका आगामी कार्यक्रमहरु तय गर्ने राप्रपाको भनाइ छ । यस्तै, आन्दोलनका लागि समान विचार भएका व्यक्ति, समूह र दलसँग पारस्परिक एकता, संवाद र सहकार्यको लागि पहलकदमी लिने राप्रपाले निर्णय गरेको छ । तर आपसी विभाजनले नै राजावादीको उद्देश्य सफल हुनलाई चुनौती तेर्सिएको छ ।
अर्कोतर्फ गणतन्त्रवादी दल तथा नेताहरुलाई एकजुट हुन पनि झकझकाएको छ । मनोबल बढ्ने र देशैभर प्रदर्शन हुने अवस्था किन आयो त ? यसको कारण हो, राजनीतिक दल र तिनका नेताको अक्षमता, भ्रष्टाचार, अनियमितता । राजतन्त्र फालेर लोकतान्त्रिक गणतन्त्रको व्यवस्था गरेको करिब दुई दशक हुन लाग्दा पनि मुलुकमा अझै राजनीतिक स्थायित्व छैन । सुशासन र न्यायपूर्ण सेवाको आभास हुन सकेको छैन । अब पनि एकत्रित हुन नसके गणतन्त्रवादी दल तथा नेताहरुले अझै संकट सामना गर्नुपर्ने दिन आउन सक्नेछ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

भड़ारमा रुख बाट लड्दा एक महिलाको मृत्यु

खोलामा डुबेर एकै घरका दुई जना बालकको निधन

११ घण्टा अगाडि
पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस

जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक