शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बेशीसहरका नागरिकलाई अब बाह्रै महिना २४ घण्टा शुद्ध खानेपानी : मन्त्री यादव

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बेशीसहरका नागरिकलाई अब बाह्रै महिना २४ घण्टा शुद्ध खानेपानी : मन्त्री यादव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लमजुङ, (बेसीशहर), । खानेपानीमन्त्री प्रदीप यादवले लमजुङको बेसीशहरका नागरिकको खानेपानीको समस्या तत्कालका लागि अन्त भएको बताउनु भएको छ ।
आज लमजुङको बेसीशहर स्थित सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले बेशीसहरमा देखिएको खानेपानीको समस्या समाधान गरिनुका साथै यहाँका नागरिकले बाह्रै महिना अर्थात २४ घण्टा स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुनै पनि समाजको समृद्धि स्वस्थ जीवनशैलीको आधार स्वच्छ पानी हो । तर, विगतमा लमजुङको बेसीशहर नगरपालिकाका नागरिकहरूले खानेपानी अभावका कारण दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको थियो । पानीको अभावका कारण यहाँको बसाइ कठिन थियो, तर आजको दिनले यहाँ नयाँ युगको सुरुवात गरेको छ ।”
नेपाल सरकारको नीति नै नागरिकलाई सुरक्षित, दिगो र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउनु भएकाले देशका दुर्गम क्षेत्र सहित लमजुङका नागरिकको खानेपानीको समस्या सधैका लागि समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । “देशका हिमाल, पहाड, तराइँ सहित विभिन्न दुर्गम क्षेत्रका नागरिकहरूको खानेपानीको समस्या सधैका लागि समाधान गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको छ,” मन्त्री यादवले भन्नुभयो ।

त्यसैगरी मन्त्री यादले संघीय सरकार, उपभोक्ता समिति र स्थानीय समुदायको साझा प्रतिबद्धता, सहकार्य र परिश्रमको फलस्वरूप आज बेसीशहरमा यो महत्त्वपूर्ण सफलता हासिल गर्न सफल भएको भन्दै खुशी समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अब बेसीशहरका हजारौँ नागरिकहरू निरन्तर रूपमा शुद्ध, प्रशोधित, र सुरक्षित खानेपानी सेवा प्राप्त गर्न सक्षम हुनेछन् । सरकार नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।”

नेपालका कुनै पनि नागरिकले पानीको अभाव महसुस गर्नु नपरोस् भन्ने आफ्नो स्पष्ट दृष्टिकोण रहेको मन्त्री यादवले जानकारी गराउनुभयो । उहाँले आगामी वर्षहरूमा खानेपानी आयोजनालाई अझ परिस्कृत बनाउँदै सह–लगानी मोडेललाई उपभोक्ता–मैत्री बनाउन आफु लागि परेको बिश्वास दिलाउनुभयो ।
नगर विकास कोषबाट लिइने ऋणमा ब्याजदर कम गर्न पहल गरिरहेको र यसले उपभोक्ताहरूलाई आर्थिक रूपमा थप सहज बनाउने विश्वास लिएको बताउनु हुँदै उहाँले खानेपानी सेवाको विस्तार तथा नवप्रवर्तनका लागि आवश्यक स्रोत सुनिश्चित गर्न मन्त्रालयले दीर्घकालीन योजना बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाल सह–लगानी मोडेलमा उपभोक्ताले ३० प्रतिसत योगदान गर्नुपरेको भएता पनि अब सरकारले नीति परिमार्जन गर्दै निर्देशिका तयार गरि यो अनुपातलाई ८५/१५ मा रूपान्तरण गरिसकेको तर जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन म प्रतिबद्ध छु ।”
खानेपानी क्षेत्रलाई अझ प्रभावकारी, समावेशी र दिगो बनाउन नेपाल सरकार सहित आफ्नो प्रयास निरन्तर जारी रहेको मन्त्री यादले प्रतिबद्धता जनाउनु भएको छ । भावी योजना अन्तरगत बेसीशहर क्षेत्रको खानेपानी सेवा विस्तार गर्नका लागि रु १० करोडको नयाँ परियोजना अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेका तथा  जलवायु परिवर्तन तथा दिगो खानेपानी व्यवस्थापनका लागि रु १७ करोडको थप योजना स्वीकृत गर्ने प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

आज उद्घाटन गरिएको आजको उक्त आयोजनाले बेसीशहर नगरपालिकाको वडा नं. ६ देखि १० सम्मका करिब ४५ हजार जनसङ्ख्या तथा तीन हजार ३०० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गुरुत्वाकर्षण प्रवाह प्रविधिमा आधारित भएकाले बिना पम्पिङ, न्यून ऊर्जा खर्चमा पानी आपूर्ति गर्न सकिने, पम्पिङ आवश्यक नपर्ने भएकाले नियमित, भरपर्दो, र टिकाउ खानेपानी सेवा यहाँका बासिन्दाले प्राप्त गर्न सक्ने महानिर्देशक ई श्रेष्ठले बताउनुभयो । सार्वजनिक नीजी साझेदारी मोडेलमा सञ्चालित यो आयोजनामा नेपाल सरकारको ७० प्रतिसत र उपभोक्ता समितिको ३० प्रतिसत योगदान रहेको र कुल लागत रु २८ करोड ८३ लाख रहेकोमा नेपाल सरकारको रु २० करोड २८ लाख र उपभोक्ता समितिको रु ८ करोड ६४ लाख लगानी रहेको जनाइएको छ । उक्त आयोजनाले २४ घण्टा निरन्तर गुणस्तरीय पानी उपलब्ध गराउने र जसका लागि २८ एलपिएस क्षमता भएको आधुनिक प्रशोधन केन्द्र निर्माण गरिएको छ ।

आजको उक्त कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्रचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

२ घण्टा अगाडि
आज १ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईंदै

श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयाे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक