काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विमलेन्द्र निधिले राजतन्त्र अन्त्य हुने बेला राजाको कस्तो दुर्गति हुन्छ भन्ने कुरा नभुल्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । नेपाली जताको सहनशीलताको सीमा ननाघ्न उनले सुझाव दिए ।
आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस नेता निधिले गणतन्त्र जोगाउन परिवर्तन पक्षधर शक्तिले जस्तोसुकै कदम चाल्न सक्ने जनाएका हुन् । ‘राजतन्त्रको अन्त्य हुने बेलामा राजाहरूको दुर्गति हुन्छ हेक्का राखून् । नेपाली जनताले धैर्यता, सहनशीलता र सम्मान दिएको छ, त्यो सीमालाई पारित गर्नु हुँदैन । म सचेत गराउन चाहन्छु’, निधिने भने ।
ज्ञानेन्द्रलाई राजा या पूर्वराजा भन्नु भन्दा नेपालको अन्तिम राजा भन्न उपयुक्त हुने उनले जनाए । ‘राजा भन्ने कि पूर्वराजा भन्ने बहस भइरहेको छ । रिजेक्टेट राजा, एबोलिस्ट मोनार्की या लास्ट किङ अफ द नेपाल पनि भन्न सकिन्छ । जसरी प्रथम राष्ट्रपति रामवरण यादव हुनुहुन्छ भने ज्ञानेन्द्र अन्तिम राजा’, निधिले भने ।