एजेन्सी । पाकिस्तानी सेनाले मंगलबार आतंककारीहरूले बन्धक बनाएका रेल यात्रुहरूलाई उद्धार गर्न “पूर्ण स्तरको” अभियान सुरु गरेको जानकारी दिएको छ।
सुरक्षा स्रोतहरूका अनुसार विगत २४ घण्टामा १ सय ५५ यात्रुहरूलाई मुक्त गरिएको छ। ४ सय ५० भन्दा बढी यात्रुहरू बोकेको रेल दुर्गम सीमावर्ती जिल्लाको सुरुङको प्रवेशद्वारबाट मंगलबार आतंककारीहरूले कब्जामा लिएका थिए। रेलका थुप्रै यात्रुहरू अझै आतंककारीले बन्धक बनाएका छन्।
समाचार एजेन्सी एएफपीले “केही आतंककारीहरू भागेको र अज्ञात संख्यामा बन्धकहरूलाई स्थानीय पहाडी क्षेत्रहरूमा लगेको’ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै लेखेको छ। एएफपीका अनुसार कारबाहीमा ३० आतंककारी मारिएका छन्।
पाकिस्तानको बलुचिस्तान प्रान्तमा पेशावर जाने यात्रुवाहक रेल अपहरण गर्ने जिम्मेवारी पाएको बलुच लिबरेशन आर्मीले उनीहरूले आक्रमण कसरी गरे र यात्रुहरूलाई बन्धक बनाए भनेर देखाउने भिडियो जारी गरेका थिए। उनीहरुले मंगलबार उक्त रेललाई कब्जामा लिएका हुन्।