शनि, साउन ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२२ घण्टा अगाडि
0
ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

फ्लोरिडा । पश्चिम एसियामा द्वन्द्व र सुरक्षा तनाव बढिरहेका बेला अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले अमेरिका र क्षेत्रीय साझेदारका मानवरहित प्रणालीलाई एकीकृत गर्दै पहिलो बहुराष्ट्रिय तथा बहुक्षेत्रीय आक्रमण ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक गरेको छ ।

सेन्टकमका अनुसार नयाँ कार्यदलले समुद्रको सतह, समुद्रभित्र तथा हवाई क्षेत्रमा सञ्चालन गर्न सकिने मानवरहित प्रणालीलाई एकीकृत गर्ने छ । यसमा एकतर्फी आक्रमणका लागि प्रयोग हुने ड्रोनसमेत समावेश हुने छन् । सेन्टकमले बिहीबार जारी गरेको विज्ञप्तिमा क्षेत्रीय साझेदारलाई समेत कार्यदलमा सहभागी गराउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

यो योजना सेन्टकमले ‘स्कर्पियन स्ट्राइक’ नामक कार्यदल स्थापना गरेको नौ महिनापछि सार्वजनिक भएको हो । अमेरिकी सेनाले स्कर्पियन स्ट्राइकलाई मध्यपूर्वमा स्थापना गरिएको पहिलो समर्पित एकतर्फी आक्रमण ड्रोन कार्यदलका रूपमा वर्णन गरेको छ ।

स्कर्पियन स्ट्राइकले गत वर्ष डिसेम्बरमा अमेरिकी नौसैनिक युद्धपोतबाट पहिलो पटक हवाई आक्रमण ड्रोन प्रक्षेपण गरेको थियो । उक्त कार्यदलले ‘अपरेसन एपिक फ्युरी’ का क्रममा एकतर्फी मानवरहित हवाई प्रणाली प्रयोग गर्नुका साथै गत जुलाईमा इरानी बन्दरगाहका संरचनामाथि आक्रमण गर्दा मानवरहित आक्रमणकारी जलयानसमेत प्रयोग गरेको थियो ।

सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले फाल्कन स्ट्राइकले स्कर्पियन स्ट्राइकको सफलतालाई थप विस्तार गर्ने बताउनुभएको छ । उहाँका अनुसार क्षेत्रीय सहयोगी र साझेदारबिच विकसित भइरहेका नयाँ प्रविधि तथा क्षमतालाई एकीकृत गरेर प्रयोग गर्दा नयाँ सम्भावनालाई छिटो व्यवहारमा उतार्न सकिने छ ।

सेन्टकमले क्षेत्रीय देशसँग परामर्श सुरु गरिसकेको छ र कार्यदलमा सहभागी हुन साझेदार राष्ट्रलाई औपचारिक निमन्त्रणा दिइरहेको जनाएको छ । साझेदार सहभागी भएपछि फाल्कन स्ट्राइकले पश्चिम एसियामा आक्रमणकारी ड्रोनको क्षमता विस्तार गर्नुका साथै बहुक्षेत्रीय र बहुराष्ट्रिय प्रतिरोध क्षमता विकास गर्ने अपेक्षा गरिएको छ ।

कुपरले अमेरिकी सेनाको यस क्षेत्रमा बलियो साझेदारी र मित्र राष्ट्र रहेको उल्लेख गर्दै नयाँ क्षमता संयुक्तरूपमा विकास र प्रयोग गर्दा सामूहिक सुरक्षा क्षमता थप बलियो हुने बताउनुभयो । ‘स्कर्पियन स्ट्राइक’ सुरु गरेको अमेरिकी विशेष सञ्चालन कमान्ड सेन्ट्रलका कर्मचारीले फाल्कन स्ट्राइकको नेतृत्व गर्ने छन् । कार्यदलमा अमेरिकी तथा क्षेत्रीय साझेदारका प्रतिनिधि रहने छन् ।

विशेष सञ्चालन कमान्ड सेन्ट्रलको मुख्यालय फ्लोरिडाको टाम्पास्थित म्याकडिल वायुसेना आधारमा रहेको छ । यसले पश्चिम एसिया, मध्य एसिया र दक्षिण एसियासहित सेन्टकमको जिम्मेवारीमा रहेका २१ देशमा विशेष सैन्य अभियानको योजना तथा सञ्चालन गर्दै आएको छ ।

फाल्कन स्ट्राइकको प्रस्तावित स्थापनाले अमेरिकी सेनाले विभिन्न सैन्य क्षेत्रमा मानवरहित प्रणालीको प्रयोग विस्तार गर्दै गएको र क्षेत्रीय साझेदारसँग नयाँ ड्रोन प्रविधि तथा क्षमता एकीकृत गर्ने प्रयास तीव्र पारेको सङ्केत गरेको छ ।  एएनआई

यो पनि पढ्नुहोस्

उत्तरी सुमात्रा प्रान्तमा २६९ जना विद्यार्थी बिरामी

उत्तरी सुमात्रा प्रान्तमा २६९ जना विद्यार्थी बिरामी

२४ घण्टा अगाडि
 भारतमा पहिरो खस्दा सात जना कामदारको मृत्यु

 भारतमा पहिरो खस्दा सात जना कामदारको मृत्यु

२४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा- झाेर’ बाटो बचाउन मन्त्रीहरूलाई ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकोमा माकुनेकाे आपत्ति

किशोर श्रेष्ठ प्रकणः प्रेसमाथिको सरकारी दमनले शाही शासनको झल्को

इन्डोनेसियामा गयाे शक्तिशाली भूकम्प

सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाउन जोड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक