शनि, कार्तिक ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकार पूर्वराजा शाहको गतिविधिबाट चिन्तित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
राष्ट्र भनेको भुगोल मात्र होइन, जनताको साझा थलो होः पूर्वराजा शाह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिबाट सरकार चिन्तित बनेको छ। सरकारले शाहका गतिविधिहरूलाई नियन्त्रण गर्ने विभिन्न विकल्पबारे छ्लफल थालेको छ।

फागुन ७ गते राजाले सार्वजनिक रूपमा गरेको सम्बोधनपछि उनीप्रति जनमानसमा आकर्षण बढेको र उनका गतिविधिहरू बढ्न थालेपछि सरकार झस्केको छ।

राजनीतिक दलका कार्यकर्ताहरू नै पूर्वराजाको गतिविधिमा सहभागी हुन थालेपछि सरकार र दलहरू नियन्त्रणको उपायबारे छ्लफलमा लागेका हुन्।

पूर्वराजा शाहले गत फागुन ७ गते जारी गरेको भिडियो सन्देशमा आफूलाई साथ दिन सबैसँग आह्वान गरेका थिए।

पूर्वराजाको आह्वानपछि राजनीतिक दलका नेताहरूले उनीप्रति चर्को कटाक्ष गर्दै आएका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उनलाई नियन्त्रणमा लिनुपर्नेसम्मको अभिव्यक्ति दिएका थिए।

कांग्रेस एमाले सम्मेलित केपी ओली नेतृत्वको सरकारले पूर्वराजाका गतिविधिलाई नियन्त्रणमा लिने तयारी गरेको विश्वस्त स्रोतले देश सञ्चारलाई जानकारी दियो।

बुधबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकमा पूर्वराजाको गतिविधि नियन्त्रण गर्ने विषयमा छलफल भएको छ। विपक्ष विपक्षी दलहरूको समेत साथ लिएर राजाका गतिविधि निस्तेज पार्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषदले ठोस कुनै निर्णय नगरेको एक मन्त्रीले जानकारी दिए।

सरकारले पूर्वराजाको गतिविधि निर्मल निवासमै सीमित गर्नेसम्मको योजना बनाएको छ। तर, सुरक्षा निकायका उच्च अधिकारीहरूले भने राजाका गतिविधिलाई निस्तेज पार्न त्यो हदसम्मको कदम चाल्न उपयुक्त नहुने सुझाव दिएका छन्। राजाका पक्षमा खुल्दै आएका दुर्गा प्रसाईंले आफू र राजालाई नियन्त्रणमा लिने तयारी सरकारले गरेका छन्। प्रसाईंले फेसबुकमा लेखेका छन्,’ओली सरकार अत्तालिएर श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारलाई नजरबन्दमा राख्ने र मलाई पुनःझुटा मुद्धा लगाई पक्राउको तयारी गर्दै गरेको समाचार मलाई विशेष सुत्रबाट प्राप्त भएको छ।’

हाल पूर्वराजा पोखरामा छन्। उनी धार्मिक कर्म र भेटघाटमा सहभागी हुँदै आएका छन्। राजतन्त्र पुनःस्थापनाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आफ्ना गतिविधिलाई बढावा दिएको छ।

राप्रपाले फागुन २५ गते आयोजना गरेको खबरदारी सभालाई स्वागत सभामा परिणत गरेको छ। शाह पोखराबाट फर्कँदा स्वागतका लागि विमानस्थल जाने कार्यक्रम तय गर्दै खबरदारी सभा स्थगन गरेको राप्रपाले जनाएको छ।

राप्रपाले बुधबार काठमाडौंमा मोटरसाइकल र्‍याली गरेको थियो। र्‍याली सहभागी राम्रो भएपछि राप्रपा हौसिएको छ। कांग्रेसका केही नेताहरू पनि विपीको विचारमा फर्किनु पर्ने भन्दै राजतन्त्र पुनःस्थापनाको पक्षमा छन्।

यो पनि पढ्नुहोस्

भोलिदेखि नेकपाको राष्ट्रिय  जागरण अभियान सुरु

भोलिदेखि नेकपाको राष्ट्रिय  जागरण अभियान सुरु

१६ घण्टा अगाडि
रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

चीनमा ७ म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु

रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्नेमा जाेड

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक