बुध, मंसिर ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

पाँच जिल्लामा अनुसन्धान, भेटिएन सहकारी ठगीको प्रमाण

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
पाँच जिल्लामा अनुसन्धान, भेटिएन सहकारी ठगीको प्रमाण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-सबि भट्टराई,

केही महिना अघिसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दामा ठूलो बहस थियो । सरकारले विभिन्न जिल्लामा रविविरुद्ध मुद्दा दायर गरेको थियो । तर, अदालतले धमाधम धरौटीमा उनलाई रिहा गरेपछि अहिले सहकारी ठगीको मुद्दा सेलाएको हो । अर्कोतर्फ सरकारले सहकारीपीडितहरुको बचत रकम पनि फिर्ता गर्न सकेको छैन । रवि मुछिएका सहकारीका रकम हिनामिनामा अन्य व्यक्तिहरु नै प्रमुख योजनाकार वा संलग्न देखिन्छन् । तर, सरकारले भने रविलाई लक्षित गरेर कारबाही प्रक्रिया अघि बढाएको थियो । चितवनमा त रविविरुद्ध कडा मुद्दा नलगेको भनेर जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताको तत्काल सरुवा नै भएको थियो । यति हुँदा पनि अदालतले रविलाई रिहा गरेपछि अहिले उनीविरुद्ध सहकारी ठगीको प्रमाण जुटाउन सरकारलाई धौधौ परेको छ । सरकारले पोखराको सूर्यदर्शनसहित ५ वटा सहकारीबाट बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा रविविरुद्ध अनुसन्धान थालेको थियो । रवि प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनमा सूर्यदर्शनसहित ५ वटा सहकारीको रकम लगानी भएको देखिएको थियो । त्यसरी रकम गएको सबै सहकारीको अनियमिततामा रविलाई जिम्मेवार बनाउन सरकारले खोजेको थियो । सूर्यदर्शनपछि उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारी संस्थामा भएको बचतकर्ताको रकम अनियमितामा अनुसन्धान भएको थियो । पर्सामा भने उनीविरुद्ध मुद्दा दायर हुन बाँकी नै छ । पर्साको सानो पाइला सहकारीबाट गोर्खा मिडियामा पैसा गएको भन्दै यहाँ पनि रविमाथि अनुसन्धान भएको थियो । तीन महिनाअघि नै उनलाई पर्सा लगेर बयानसमेत लिइएको थियो ।तर मुद्धा लगाउने आधार फेला परेको छैन । यसअघि कास्की, काठमाडौं, रूपन्देही र चितवन सबै जिल्लामा मुद्दा दर्ता गरेलगत्तै अदालतमा उपस्थित भई धरौटीमा छुटेपछि बाँकी पर्सामा भने मुद्दा दायर गर्न सरकार हच्किएको छ । यो प्रकरणमा प्रत्यक्ष रूपमा गृह मन्त्रालयको निर्देशनमा अनुसन्धान भइरहेको प्रहरी अधिकारी नै बताउँछन् । तर अन्य जिल्लामा उनी धरौटीमा रिहा भएपछि सरकार सहकारी ठगीमा मुद्दा चलाउन हच्किएको हो । मुद्दा दर्ताका लागि सरकार अनुकूल माहोलको पर्खाईमा रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ । सहकारी ठगी प्रकरणमा रविको नाम जोडिएको प्रमाण भेटिएको छैन । उनीबाट तत्कालीन समयमा गोर्खा मिडिया प्रालिमा काम गर्दा बाहेक सहकारीतर्फ कुनै गल्ती भएको देखिन्न । तर राज्य रबिबिरुद्ध खनिएको छ, यो प्रकरणमा प्रमुख आरोपितहरु भने केही फरार छन् त केही सत्तारुढ दल नजिक भएका कारण कारबाहीबाट उन्मुक्ति पाइरहेका छन् । वास्तविक सहकारी ठगहरुलाई कारबाहीको दायरामा नल्याएसम्म र त्यस्ता व्यक्ति तथा सहकारीका सम्पत्ति बेचेर भए पनि पीडितलाई बचत फिर्ता गर्ने वातावरण नबनेसम्म पीडितले राहतको महसुस गर्न पाउनेछैनन् । सहकारीपीडित बचतकर्ताको अहिलेको मुख्य सरोकार बचत फिर्ता नै हो, तर यतिका समय बित्दासम्म पनि सरकारले बचत फिर्ता गर्न भने कुनै ठोस काम गर्न सकेको छैन । न त फरार जीबीलगायतका मुख्य आरोपितलाई समात्न नै सकेको छ । यस्तो अवस्थामा रविलाई समग्र सहकारी समस्याको मुख्य जड जस्तो देखाउने र उनको राजनीतिक भविष्य सिद्ध्याउन विभिन्न मुद्दा लगाउने सरकारी कदम पूर्वाग्रही देखिन्छ । लाखौं जनताले रकम जम्मा गर्ने सहकारी समस्याग्रस्त हुनुमा नेता वा उनीहरुको आसपास वा सम्बन्ध बनाएका व्यवसायी, कार्यकर्ताले यसलाई नियन्त्रणमा लिनु मुख्य कारण हो । देशका थुप्रै सहकारीहरु नेताबाट सञ्चालित छन् भने कतिपय व्यवसायीले नै सञ्चालन गरेका छन् । यस्ता सहकारीले गरेका अवैध काम लुकाउनका लागि नेताहरुलाई चन्दा दिने गरिएको छ । यसरी जनताको पैसा बचत गर्ने निकायहरुलाई नेताहरुका लागि चन्दा उठाउने थलो बनाईको छ । यही कारण सहकारीमा अर्बौं रकम अहिले हिनामिना भएको छ । तर सरकारले आफ्ना मान्छे जोगाएर विपक्षीका नेताहरुलाई यस प्रकरणमा मुछेको छ । सत्तारुढ दलहरुले सहकारीमा संलग्न जोसुकै भए पनि कारबाही गर्ने र यसमा आग्रह पूर्वाग्रह नराख्ने, मुख्यतया पीडितको पैसा गर्न पहल गर्ने हो भने मात्र यो समस्या केही हदसम्म समाधान हुनेछ । सहकारीमा अहिले देखिएको समस्या समाधानका लागि सरकारले ५ लाखसम्म बचत गरेका पीडितहरुको रकम फिर्ता गर्ने चालु आर्थिक वर्षको बजेटमा नै घोषणा गरेको थियो । तर, बजेट आएको आधा वर्ष भन्दा बढी बितिसक्दा पनि रकम फिर्ताको प्रक्रिया अघि बढ्न सकेको छैन । सरकारले अहिलेसम्म देशभर समस्याग्रस्त सहकारीमा ५ लाखसम्म रकम जम्मा गर्ने पीडितको संख्या कति छ ? उनीहरुलाई पैसा फिर्ता गर्न कति बजेट लाग्छ ? त्यो बजेटको जोहो कसरी हुन्छ ? कहिलेसम्म सरकारले फिर्ता कसरी गरिसक्छ भन्ने कुनै टुंगो लाग्न सकेको छैन । पछि सहकारीका सञ्चालकबाट शोधभर्ना गरी उठाउने भनिएको यस्तो रकम वितरणमा ढिलाइ हुँदा पीडितले सरकारलाई विश्वास गर्न सकिरहेका छैनन् । सरकार कतै आफ्नै पार्टीका नेता वा चन्दादाता सहकारी सञ्चालकलाई मर्का पर्छ भनेर पीडितहरुको रकम फिर्ता गर्न ढिलाइ गरिरहेको त छैन ? अहिले यस्तो आशंका सर्वत्र उब्जिएको छ !

यो पनि पढ्नुहोस्

आक्रोशित समूहले सिमरा विमानस्थलकाे  मुख्य गेट भत्कायो

आक्रोशित समूहले सिमरा विमानस्थलकाे मुख्य गेट भत्कायो

९ मिनेट अगाडि
सिमरा विमानस्थलमा तनाव बढेसँगै सबै उडान रद्द

सिमरा विमानस्थलमा तनाव बढेसँगै सबै उडान रद्द

४२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएल दोस्रो संस्करणको पहिलो खेल काठमान्डु गोर्खाजले जित्याे

पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

हिमपात र शीत लहरकाे पूर्वतयारीका काम यथाशीघ्र गर्न निर्देशन

जथाभाबी एन्टिबायोटिक औषधीको प्रयोग नगर्न आग्रह

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक