काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा जिल्ला समितिका सभापति उमेश खरेलमाथि आर्थिक अपचलनको आरोप लागेको छ ।
जिल्ला समिति झापाले आफ्नै सभापति खरेलमाथि आर्थिक अपचलन र नैतिक चरित्रको प्रश्न उठाउँदै कारबारहीको लागि सिफारिस गरेको छ । स्रोतका अनुसार कारबाहीको लागि सिफारिस गरिएको पत्र प्रदेश हुँदै केन्द्रमा आइपुगेको छ ।
उक्त पत्र कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीको अनुशासन आयोगमा पठाएका छन् । आयोगले छानविन गरेर उचित निर्णय लिने जनाइएको छ ।
रास्वपा झापा जिल्ला सभापति खरेलमाथि यसअघि पनि पटक–पटक आर्थिक र नैतिक चरित्रबारे प्रश्न उठ्दै आएको जनाइएको छ । उनले पटक–पटक सुध्रिने बाँचा गरेपनि कहिल्यै सुध्रिने छाँटकाँट नदेखिएकाले यसपटक कारबारहीको सिफारिस गरिएको झापा जिल्ला समितिका एक नेताले जनाए ।