काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको जनाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही भएको छैन भन्ने कुरा गलत भएको जनाए। यद्यपि, अझै धेरै कुरा गर्न बाँकी रहेको कुरा स्वीकार गर्नुपर्ने उनले जनाए।
उनले आफू यसअघि ३ वर्ष प्रधानमन्त्री बन्दा असाधारण परिवर्तन गरेको तर त्यसपछि बनेका सरकारहरुले काम अघि नबढाउँदा विकास अघि बढ्न नसकेको दाबी गरे।
उनले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउनु पनि विगतमा रोकिएका विकास निर्माणका कामहरु अघि बढाउनु रहेको उल्लेख गरे। देशमा सुशासन र विकासको गति तीव्र बनाउन सरकारले काम गरिरहेको उनको धारणा थियो।
उनले भने, ‘केही भएको छ, अझै धेरै गर्न बाँकी छ। म दावाका साथ भन्छु, तीन वर्ष म प्रधानमन्त्री हुँदा अहिलेसम्म असाधारण परिवर्तन भयो।’