काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ४ अर्ब ३९ करोड रुपैयाँ बराबरको जुत्ता चप्पल आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार ४ अर्ब ३९ करोड ४ लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ६४ हजार ८२२ जोर जुत्ता चप्पल आयात भएको हो ।
उक्त परिमाणमा जुत्ता–चप्पल आयात हुँदा २ अर्ब ५९ करोड ५७ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको विभागले जनाएको छ । गत वर्षको तुलनामा चालु वर्षमा यस्तो आयात करिब १ अर्ब ७१ करोड रुपैयाँ बराबरले आयातमा कमी आएको तथ्यांकमा देखिन्छ ।
अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब १० करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ८३ हजार ८९० जोर जुत्ता चप्पल आयात भएको थियो ।
सो परिमाणमा जुत्ता चप्पल आयात हुँदा ३ अर्ब ६५ करोड २८ लाख ५७ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको थियो ।