शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

 पूर्वराजाले देशवासीको नाममा दिएको वक्तव्यप्रति गम्भीर ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
 पूर्वराजाले देशवासीको नाममा दिएको वक्तव्यप्रति गम्भीर ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडाैं ।   अखिल नेपाल  कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठक पार्टीका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा यही २०८१ फागुन १० गते काठमाडौंको मनमय्जुमा बसेकाे छ ।
बैठकले वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीको आवरणमा भए-गरेका सैद्धान्तिक विचलन र विसर्जनकारी विचार-व्यवहारहरुका विरुद्धमा नेपालको सिद्धान्तनिष्ठ क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई पुनर्गठनको प्रक्रियामा अगाडि बढाउन आवश्यक पहल गर्ने अठोट गर्दै पार्टीका वैचारिक, राजनीतिक, सांगठनिक लगायतका विभिन्न गतिविधिहरु सञ्चालन गर्ने  निर्णय गरेको छ । यससन्दर्भमा आम नागरिकका प्रत्यक्ष सरोकारका  राष्ट्रियता, जनजीविका र जनअधिकारका सवालहरुका पक्षमा र कुशासन, भ्रष्टाचार, मिटर ब्याजलगायतका जनविरोधी कुकृत्यहरुका विरुद्धमा संघर्षमा उत्रनुपर्ने निर्णय गरेको छ । यसको लागि संयुक्त मोर्चामार्फत वा विभिन्न वामपन्थी , देशभक्त, जनवादी र कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूसंँग कार्यगत एकता र सहकार्य गरी संघर्षको उठान, सञ्चालन र विकास गरी निर्णायकस्तरमा पुराउन प्रयत्न गर्ने निर्णय गरेको छ ।
हालै पूर्व राजा ज्ञानेन्द्र शाहले यही फागुन ७ गते प्रजातन्त्र दिवसको सन्दर्भ पारेर देशवासीको नाममा दिएको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सो वक्तव्यको सारभूत उद्देश्य गणतन्त्र विरुद्ध परिलक्षित छ जो प्रतिगमनको पराकाष्ठा नै हो भन्ने पार्टीको ठम्याइ छ । यद्यपि क्रमिक रुपमा प्रतिगमनकारी कामहरु यी संसदवादी राजनीतिक दलहरुले सत्ता र सदनमा बसेर दिनप्रतिदिन गरिरहेकै अवस्था छ तथापि त्यसलाई तीव्रता र गुणात्मकता दिने काम प्रतिगमनकारी राजनीतिक शक्ति र नेताहरुले गरिरहेका छन् र त्यसको नेतृत्व पूर्वराजा ज्ञानेन्द्रले गर्ने दुस्प्रयास गरिरहेका छन् । वर्तमान सत्ताधारी दलहरूको देस र जनताका जटिल र गम्भीर बन्दैगैरहेका राष्ट्रियता, जनअधिकार र जनजीविकासँग सम्बन्धित आधारभूत समस्याहरुप्रतिको चरम उदासीनता र उपेक्षाका कारण आज आम नागरिकमा मौलाएको निरासा, असंतुष्टि र आक्रोशको सेरोफेरोमा प्रतिगामी शक्तिले टाउको उठाउने कुचेष्ठा गरेको स्पष्ट छ ।  राजा र राजतन्त्रवादी घोषित प्रतिकृयावादीहरुद्वारा हिजो भए-गरेका जनता र जनअधिकार विरुद्धका निरंकुश, स्वेच्छाचारी  र दमनकारी हरकतहरु भुक्तभोगी जनताका दिलदिमागमा ताजै छन् भने इतिहासका पानामा भरिएका छन् । यस्ता  अपराधी प्रतिगमनकारी तत्वहरु र आफूलाई कथित गणतन्त्रवादी भन्ने सत्ताधारी-संसदवादी नेका, एमाले र माकेआदि अघोषित पश्चगामीहरु एवं यिन्लाई यस्ता जनविरोधी, क्रान्तिविरोधी र देसविरोधी हरकतहरु गर्न-गराउन पालित, पोषित र प्रेरित गर्ने सरकारी वा गैरसरकारी वैदेशिक शक्तिकेन्द्रहरुद्वारा गरे-गराइएका राजतन्त्र पुनर्स्थापित गर्ने कुकार्यप्रति सावधान हुनु जरुरी छ । नेपाल र नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त गणतन्त्रलगायतका सिमित अग्रगामी केही उपलब्धिविरुद्धका यस्ता अवांछित गतिविधिको हाम्रो पार्टी अखिल नेपाल कम्युनिस्ट पार्टीले घोर निन्दा-भर्त्सना मात्र होइन यथासक्य विरोध र प्रतिरोध समेत गर्ने निर्णय गरेको छ । साथै  सबै सच्चा गणतन्त्रवादी, जनवादी र राष्ट्रवादी शक्तिहरू एवं अग्रगमनका पक्षपाती सम्पूर्ण जनसमुदायहरुलाई उपरोक्त प्रतिगामी शक्तिहरुका धुर्त्याइँ, फट्याइँ र जालसाजीपूर्ण षड्यन्त्रका विरुद्ध एकजुट भई प्रतिगामी शक्तिहरुको सोंच र षड्यन्त्रलाई जरैदेखि समाप्त पार्नको लागि  एकताबद्ध भै निर्णायक संघर्षमा उत्रन हामी गम्भीर आह्वान गर्दछौं ।

यो पनि पढ्नुहोस्

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

१८ घण्टा अगाडि
प्रमले दिए नयाँ वर्षको अवसरमा शुभकामना कामना व्यक्त

प्रम शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक