काठमाडौं । दाङ, तुल्सीपुर उपमहानगरपालिका-१ कुमाल गाउँ भम्के बस्ने ५५ वर्षीय लोक बहादुर परियार सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
प्युठान, नौबहिनी गाउँपालिका-६ सिरसेनी बस्ने ४७ वर्यीय रेकम सिङ केसी सोही ठाउँस्थित आफ्नै पहिरा खोला निजि वनको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । बागलुङ, निसीखोला गाउँपालिका-१ देवस्थानस्थित निसीखोलाको बाँधमा सोही गाउँपालिका-१ लेवाङ बस्ने ८० वर्षीया रूपी विक बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
सर्लाही, बलरा नगरपालिका-१० सुदामा बस्ने ७५ वर्षीय गरभु हजारी सोही ठाउँस्थित मनुसमारा खोलाको किनारामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


