शनि, मंसिर ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ब्रासिलिया। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप लगाउँदै उहाँलाई अन्य देशको सार्वभौमसत्ताको सम्मान गर्न आह्वान गर्नुभएको छ ।

“दोस्रो विश्वयुद्धपछिको लोकतन्त्र पछिल्लो ७० वर्षको सबैभन्दा राम्रो शासनको उदाहरण बनेको छ”, स्थानीय रेडियो स्टेशनसँगको अन्तर्वार्तामा लुलाले भन्नुभयो, “तर ९ट्रम्प० ले जसरी काम गर्नुहुन्छ, उहाँ विश्वको सम्राट बन्ने कोशिश गरिरहनुभएको छ, उहाँ सबै देश र सबै सार्वजनिक नीतिहरूमा हस्तक्षेप गर्ने कोशिश गरिरहनुभएको छ ।”

लुलाको टिप्पणी ट्रम्पले युक्रेनका नेता भोलोदिमर जेलेन्स्कीलाई ‘तानाशाह’ भन्दै आक्रोश व्यक्त गरेपछि र उहाँको देशमाथि रुसको आक्रमणको दोष उहाँमाथि थोपरेपछि आएको हो ।

वासिङ्टनले युद्ध अन्त्य गर्ने प्रयासमा रुससँग प्रत्यक्ष वार्ता गरेर किएभलाई चिढ्याएको छ ।

लुलाले विशेष उदाहरणहरू दिनुभएन तर ट्रम्पलाई ‘प्रत्येक देशको सार्वभौमिकताको सम्मान गरिनुपर्छ भन्ने महसुस गर्न’ आग्रह गर्नुभयो ।जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पसँग कुरा नगर्नुभएका लुलाले संयुक्त राज्य अमेरिका ब्राजिलका लागि महत्त्वपूर्ण व्यावसायिक साझेदार भएको दोहोर्‍याउनुभयो र ‘मित्रता’ को ठूलो सङ्केतका लागि आग्रह गर्नुभयो ।

“हामी यो संरक्षणवाद रोक्न चाहन्छौँ”, उहाँले स्टिलजस्ता ब्राजिलका उत्पादनहरूमा वासिङ्टनले घोषणा गरेको करलाई उल्लेख गर्दै भन्नुभयो । रासस, एएफपी

यो पनि पढ्नुहोस्

दलको पक्षधरता त्यागेर जनताको सेवामा केन्द्रित हुन निर्देशन

दलको पक्षधरता त्यागेर जनताको सेवामा केन्द्रित हुन निर्देशन

२ घण्टा अगाडि
संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वैदेशिक रोजगारीको नाममा ठगी रोक्न विशेष कार्यदल गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

पत्रकारहरुको हकहितमा एकजुट हुनुपर्नेमा जोड

डिजिटल सुरक्षादेखि दुष्प्रचार नियन्त्रणसम्म सरकारको तयारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक