शनि, मंसिर ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधान न्यायालयले गरेका फैसलाहरूको प्रकाशन गर्ने अभियान सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रधान न्यायालयले गरेका फैसलाहरूको प्रकाशन गर्ने अभियान सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सर्वोच्च अदालतले २०१५ सालभन्दा पहिले प्रधान न्यायालयले गरेका फैसलाहरूको प्रकाशन गर्ने अभियान सुरु गरेको छ । सर्वोच्चको सम्पादन तथा प्रकाशन समितिले बुधबार प्रजातन्त्र दिवसको अवसर पारेर २००९ सालमा भएका फैसलाहरूको प्रकाशन सुरु गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नेपाल कानुन पत्रिका (पुरानो अंक)को विमोचन गरे । सो क्रममा उनले ऐतिहासिक धरोहर संरक्षण गर्नुपर्ने पनि बताए । ‘ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधारस्तम्भ हुन् । यिनै धरोहरबाट भोलिको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्छ,’ उनले भने ।

सर्वोच्च अदालतले विसं २०१४ सालसम्मका फैसलाहरूलाई सिलसिलावद्ध रुपमा प्रकाशन गर्ने जनाएको छ । १ साउन १९९७ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्सेरको सनदबाट प्रधान न्यायालय स्थापना भएको थियो ।

कतिपय पुरातत्वविद्हरूले १२ असारमा प्रधानन्यायालय स्थापना भएको मत राखेका छन् । सनद बमोजिम निर्वाचन भई बहादुर शम्सेर जबरा न्यायाधीश जनरल निर्वाचित भएका थिए । २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि २००८ सालमा प्रधान न्यायालय ऐन जारी भयो । २६ वैशाख, २००९ मा लालमोहर लागेको ऐन राजपत्रमा प्रकाशित भएपछि प्रधानन्यायालय स्थापना भएको थियो ।

सर्वोच्च अदालतको प्रकाशन समितिका अध्यक्ष समेत रहेका न्यायाधीश हरि फुयालले न्यायपालिकाको इतिहासको अध्ययन र अन्वेषण हुनुपर्नेमा जोड दिँदै कानुन पत्रिका प्रकाशित हुनुअघि प्रधानन्यायालयसँग सम्बन्धित फैसला र अरु दस्तावेज संकलनको काम भइरहेको जनाए ।

२०१३ सालमा नयाँ ऐन जारी भई सर्वोच्च अदालत गठन हुनुअघिका १६ वर्ष नेपालमा प्रधान न्यायालय थियो । सर्वोच्च अदालत स्थापना भएपछि त्यहाँ भएका फैसलाहरू समेटेर २०१५ सालदेखि नेपाल कानुन पत्रिका प्रकाशन हुन थालेको हो । त्यसभन्दा अघिसम्म प्रधानन्यायालयले गरेको फैसलाहरू व्यवस्थित रुपमा प्रकाशित भएका थिएनन् ।

प्रधानन्यायालयका फैसला, आदेश लगायतका विषयवस्तुहरू अहिलेसम्म सार्वजनिक पहुँचमा छैनन् । प्रधान न्यायालयका महत्त्वपूर्ण कागजात खोजी गरिरहेको सर्वोच्च अदालतले त्यससम्बन्धी फैसला र कागजात संकलन गरी पहिलो अंक बुधबार सार्वजनिक गरेको हो ।

राणाकालमा न्यायपालिकालाई कार्यपालिका भन्दा फरक रुपमा स्थापना गर्ने प्रयासमा प्रधानन्यायालय स्थापना भएको थियो । त्यसको स्थापना कालबारे इतिहासविद्हरूबीच मतभेद छ । गतवर्ष प्रजातन्त्र दिवसको अवसर पारेर सर्वोच्च अदालतले पुरातात्विक महत्त्वका फैसला संकलन गरेर वेबसाइटमा राख्न थालेको हो ।

सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिका अध्यक्ष समेत रहेका न्यायाधीश हरि फुयालका अनुसार, न्यायाधीश जनरल भई काम गरेका बहादुर शम्सेरका सन्तानहरूको घरमा केही पुरातात्विक महत्त्वका कागजात भेटिएकाले सोहीको अध्ययन गर्ने काम भइसकेको छ ।

१९९७ सालमा स्थापना भएको भनिएपनि कतिपय कागजातहरूमा १९९१ सालदेखि प्रधान न्यायालयका राय किताब र टिपोटहरू भेटिएका छन् । पुरातात्विक महत्त्वका कागजात अध्ययन गर्न सर्वोच्च अदालतले इतिहासविद् प्राध्यापक दिनेशराज पन्तलाई मुख्य विज्ञमा नियुक्त गरी समूहगत रुपमा काम अघि बढाएको छ ।

इतिहासविद् पन्त नेतत्वको समूहले २००८ सालदेखि २०१२ सालसम्म प्रधानन्यायालयले गरेको फैसलाहरूलाई उतार्ने काम गरिरहेको छ । उनले ती फैसलाको प्रतिलिपिले न्यायिक इतिहासको प्रामाणिक ज्ञानको साथै अभिलेखको संरक्षणमा योगदान पुग्ने जनाए । २००९ सालदेखि १३ सालसम्म करिब ५ हजार फैसला भएकोमा करिब ५ सय जति फैसला वा कागजात पढ्न नसकिने, च्यातिएको र नबुझिने अवस्थामा छन् । ४५ सय फैसलामध्ये ३ हजारभन्दा बढी फैसला अध्ययन गरेर लिपिबद्ध गर्ने काम भइरहेको छ ।

यो पनि पढ्नुहोस्

दलको पक्षधरता त्यागेर जनताको सेवामा केन्द्रित हुन निर्देशन

दलको पक्षधरता त्यागेर जनताको सेवामा केन्द्रित हुन निर्देशन

१ घण्टा अगाडि
संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वैदेशिक रोजगारीको नाममा ठगी रोक्न विशेष कार्यदल गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

पत्रकारहरुको हकहितमा एकजुट हुनुपर्नेमा जोड

डिजिटल सुरक्षादेखि दुष्प्रचार नियन्त्रणसम्म सरकारको तयारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक