पोखरा । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं आहा राराको उपाधि उचालेर इतिहास रचेकाे छ ।
आहा रारा पोखरा गोल्डकप फुटबलमा उपाधी उचालेसँगै नयाँ च्याम्पियन समेत पाएको छ ।
६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई शनिबार ३–१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं आहा राराको उपाधि जित्न सफल भएकाे हो । आहा रारा जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी टोली बनेको छ ।
यसअघि २०६२ सालमा पुलिसलाई नै हराएर अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो । पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस पाचौँ पटक उपविजेतामा सिमित बनेको हो ।
यसअघि सभापति कप, बुढासुब्बा, भरतपुर गोल्ड कप गरि ३ प्रतियोगितामा लगातार पहिलो खेलबाटै बाहिरिएको पुलिस आहा राराको भने ३ खेल जित्दै फाइनल पुगेको थियो ।