शनि, मंसिर ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सचिव गोपालप्रसाद पराजुलीसहित नौ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सचिव गोपालप्रसाद पराजुलीसहित नौ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सभाका बहालवाला सचिव गोपालप्रसाद पराजुलीसहित नौ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । पशुपति क्षेत्र विकास कोषको जग्गामा अवैध रूपमा बालुवा र माटो उत्खनन गरी कोषलाई हानि पुर्‍याएको मुद्दामा सर्वोच्चले दुई पूर्वसदस्यसचिव, जिल्ला विकास समितिका तत्कालीन कर्मचारी र ठेकेदारलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेमा कोषका तत्कालीन सदस्यसचिव एवं नेकपा (एमाले) का नेता निर्मल कुइँकेल, कोषकै अर्का सदस्यसचिव सुशील नाहटासमेत छन् ।

न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले कोषका पूर्वसदस्यसचिवद्वय कुइँकेल र नाहटा तथा प्रदेश सभाका सचिव पराजुलीलाई दोषी ठहरेको हो । पराजुलीलाई तत्कालीन स्थानीय विकास अधिकारीको भूमिकालाई लिएर मुद्दा दायर भएको थियो । निजामती सेवाबाट अवकाशपछि उहाँ प्रदेश सभा स्थापनादेखिकै सचिव हुनुहुन्छ । दुई ठेकेदारबाहेक अन्य सात जनालाई विशेष अदालतले भने सफाइ दिएको थियो ।

सर्वोच्चले दुई ठेकेदारलाई पनि जरिबाना गरेको छ । ठेकेदारद्वय मिट्ठाराम दाहाल र बच्चुराम दाहाललाई अदालतले बिगो दाबी अनुसार जरिबाना गरेको हो । अदालतले मिट्ठारामलाई दुई लाख ३७ हजार ६६ रुपियाँ जरिबानाको फैसला गरेको छ । अर्का प्रतिवादी बच्चुरामलाई बिगो असुलउपर गरी बिगोबमोजिमकै १२ करोड ९९ लाख ८४ हजार ३५७ रुपियाँ जरिबानाको फैसला गरेको छ ।

अवैध उत्खननमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४६ करोड ५६ लाख रुपियाँ बिगो कायम गरेर मुद्दा दायर गरेको थियो । तत्कालीन समयमा जिल्ला विकास समितिलाई बुझाउनुपर्ने शुल्क र रोयल्टीसमेत छलेको आरोप अख्तियारको थियो । विशेष अदालतले आठ वर्षअघि २०७३ भदौ ५ गते मुद्दा फैसला गर्दै दुई ठेकेदारलाई जरिबाना र अन्य सात जनालाई सफाइ दिएको थियो । सर्वोच्चले विशेषको फैसला उल्ट्याउँदै नौ जनालाई नै बिगो जफत र बिगो अनुसार जरिबाना र कैद सजाय सुनाएको हो । सर्वोच्चले कुइँकेललाई बिगोबमोजिम ८३ लाख ४१ हजार ६६६ रुपियाँ जरिबाना र छ वर्ष कैद सजाय गरेको छ । यस्तै महेन्द्रलाल श्रेष्ठलाई बिगो असुल र जरिबाना ७८ लाख ५३ हजार ३९३ रुपियाँ जरिबानाको फैसला अदालतले गरेको छ । श्रेष्ठलाई चार वर्ष कैद सजाय गरेको छ । नाहटालाई अदालतले बिगोबमोजिम ९१ लाख ६३ हजार ७३५ रुपियाँ जरिबाना र छ वर्ष कैद सजायको फैसला गरेको छ ।

यस्तै पराजुलीलाई अदालतले अवैध खानी सञ्चालनको निकासी बिगो, रोयल्टीसमेत गरी एक करोड २२ लाख ३६ हजार ३४७ रुपियाँ जरिबानाको फैसला गरेको छ । अदालतले पराजुलीलाई छ वर्ष कैद सजाय सुनाएको छ । यस्तै प्रतिवादी प्रेमराज जोशीलाई अदालतले बिगोबमोजिम दुई लाख ३७ हजार ६६६ रुपियाँ जरिबाना र छ महिना कैद सजाय सुनाएको छ । प्रतिवादी भीष्मकुमार मल्ललाई अदालतले बिगोबमोजिम दुई लाख ३७ हजार ६६६ रुपियाँ जरिबाना र छ महिना कैदको फैसला गरेको छ । प्रतिवादी राजुकुमार रेग्मीलाई अदालतले बिगोबमोजिम दुई लाख ३७ हजार ६६६ रुपियाँ जरिबाना र छ महिना कैद सजाय सुनाएको छ ।

यो पनि पढ्नुहोस्

संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

२ घण्टा अगाडि
रिफ्युलिङ प्रणालीको शुभारम्भ

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

भोटेकोशी बाढीपीडितलाई नगद राहत

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

रास्वपा, कांग्रेस र एमालेका सभापतिहरुबीच पहिलोपटक सँगै छलफलमा जुट्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक