बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

महँगो शुल्कमा किवी बजार भण्डारणमा समस्या

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
महँगो शुल्कमा किवी बजार भण्डारणमा समस्या
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दोलखा। दोलखाको शैलुङ गाउँपालिका–३ का किसान हरि कार्कीले यस वर्ष सात हजार केजी किवी उत्पादन गर्नुभएको छ । उहाँले उत्पादन गरेको किवी प्रायः सबै काठमाडौँ लगेर भण्डारण गरी बेच्ने गर्नुभएको छ । जिल्लामै लाखौँ खर्चेर निर्माण गरिएको शैलुङको शीतभण्डार प्रयोगविहीन बन्दा केजीमै पाँच रुपियाँ शुल्क तिरेर पाँच हजार केजी किवी ललितपुर लगनखेल महालक्ष्मी स्थानको शीतभण्डारमा राखेर बिक्री गर्दै आएको उहाँले गुनासो गर्नुभयो ।

कार्कीले गत वर्ष पनि काठमाडौँकै विभिन्न स्थानका चिस्यान केन्द्रमा राखेर किवी बिक्री गर्नु परेको गुनासो गर्दै लाखौँ लगानी गरेर निर्माण गरिएको गाउँको शीतभण्डार प्रयोगमा आउन नसक्दा बेमौसमसम्म किवी राख्न काठमाडौँमा महँगो शुल्क तिर्नु परेको जनाउनुभयो ।

केही वर्षअघि नै निर्माण सम्पन्न भएको तीन सय मेट्रिक टन क्षमताको शैलुङ शीतभण्डार सञ्चालन गर्न स्थानीय सरकार तथा सरोकारवालाले चासो नदिँदा बर्सेनि हजारौँ रुपियाँ काठमाडौँका शीतभण्डारलाई किवी राखेबापत बुझाउनु परेको उहाँको गुनासो छ । शैलुङमा उहाँ जस्तै लाखौँको किवी तथा आलु उत्पादन गर्ने किसान छन् । करिब सात करोड खर्चेर निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन छ । पटक पटक उक्त शीतभण्डारलाई प्रयोगमा ल्याउन स्थानीय सरकारलाई भने पनि कुनै सुनुवाइ नभएको किसान कार्कीले गुनासो गर्नुभयो ।

कार्कीले बर्सौंदेखि खाली रहेको दुई हेक्टर पाखो बारीको सदुपयोग गरेर सात सय बोट किवी लगाउनुभएको छ । उहाँले लगाएको करिब ३५० बोटबाट वार्षिक २० लाख बराबरको किवी उत्पादन हुँदै आएको छ ।

शैलुङका किवी किसान कार्कीको जस्तै दुःखेसो अर्का किसान जिरी–२, एलुङका पासाङ तेन्जी शेर्पाको पनि रहेको छ । शेर्पा जिरीका एक सफल किवी किसान तथा व्यापारी हुनुहुन्छ । शेर्पाले गुणस्तरीय जिल्लामै हजारौँ किलो किवी उत्पादन गर्दै आउनुभएको छ । शेर्पाले पनि बेमौसमका लागि काठमाडौँमा किवी भण्डारण गर्दै आउनुभएको छ । जिल्लामा किवी खेती गर्ने किसान बढे पनि किबी राख्ने शीतभण्डार नभएको गुनासो गर्दै उहाँले केही निर्माण भएका शीतभण्डार पनि प्रयोगविहीन बन्दा आफू जस्तै किसानले ठुलो समस्या भोग्नु परेको जनाउनुभयो ।

यहाँका विभिन्न स्थानमा निर्माण भएका शीतभण्डार किसानलाई पायक पर्ने ठाउँमा छैनन् । कतिपय निर्माण भएर थन्किएर बसेका छन् । जिल्लामा किवीको बजार छैन । उत्पादित किवीको माग काठमाडौँलगायतका ठुला बजारमै राम्रो भए पनि दोलखाको किवीलाई बेमौसमसम्म राख्न काठमाडौँ नै पुर्‍याउनुपर्ने बाध्यता रहेको शेर्पाले जनाउनुभयो ।

शेर्पाको सर्वाखास कृषि फार्ममा उत्पादन भएको किवी पछिल्लो समय देशभर लोकप्रिय र स्वादिष्ट बन्दै गएको छ । अन्य साना किसानले भदौदेखि नै किवीलाई बजारमा ल्याउने गरे पनि आफ्नो फार्मबाट कात्तिक–मङ्सिरपछिको समयमा मात्रै बजारमा किवी जाने गरेको उहाँले जानकारी दिनुभयो ।

बजार पाउने आसमा कतिपय किसानले काँचो किवीलाई बजार पुर्‍याउँदा कात्तिकअघिको किवी अमिलो र कम स्वादिलो हुने हुँदा सिङ्गो जिल्लाको किवीलाई निर्यातकर्ता तथा व्यापारीले एउटै ठानेर जिल्लाको किवीलाई महìव दिन छाडेको किसानको गुनासो रहेको छ । किसान शेर्पाले हाल एक हजार नौ सय बोट किवी लगाउनुभएको छ । शेर्पाले ग्राहकको रोजाइ अनुसारको गुणस्तर र साइज अनुसारको किवी मात्रै राम्रो वर्गीकरण गरेर बजार लाने गर्नुभएको छ । काठमाडौँमा मासिक प्रतिकेजी पाँच रुपियाँ तिरेर असारसम्म जिरीको किवीलाई कोल्ड स्टोर राखेर पोखरा, जनकपुर, गुल्मी तथा भारतसम्म पठाउने गरेको शेर्पाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

१० घण्टा अगाडि
एसइई परिक्षा देशभर एकैसाथ सुरु

एसईईको १ महिनाभित्र नतिजा सार्वजनिक हुने

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमयदर निर्धारण

पहाडी इलाकामा आंशिक बदली

मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी सुरु

कृषि मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

गृहमन्त्री र चिनिया राजदूतबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक