बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ शक्तिको महाधिवेशनमा प्रवासका प्रतिनिधिले मतदान गरे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
नयाँ शक्तिको महाधिवेशनमा प्रवासका प्रतिनिधिले मतदान गरे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनमा प्रवासमा रहेका प्रतिनिधिले पनि मतदानको अधिकार प्रयोग गरेका छन् ।

भारत, हङकङ, दुबई, कुवेत, क्रोयसिया, अस्ट्रेलिया, अमेरिका, जापान, मलेसिया, कोरिया लगायतका देशका प्रवास कमिटीमा रहेका योग्य मतदाताले पार्टीको नेतृत्व चुन्ने प्रक्रियामा भाग लिएका हुन् । नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले नेपालमा आफूहरूले विल्कुल नयाँ प्रयास गरेको दाबी गरिन् ।

‘यो विल्कुल नयाँ प्रयास हो । उहाँहरूले उम्मेदवारी पनि माग गर्नुभएको थियो । त्यो चाहिँ मिलेन,’ उनले अनलाइनखबरसँग भनिन्, ‘तर, मतदानको अधिकार चाहिँ प्रयोग गर्नुपर्छ भनेर हामीले त्यो प्रबन्ध मिलाएका हौं ।’

नेसपाको पहिलो महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि हिजो (मंगलबार) मतदान भएको थियो । जसका लागि नेसपा नयाँ शक्तिले सफ्टवेयर निर्माण गरेको भट्टराई जनाउँछिन् । ‘आ–आफ्नो इमेलमार्फत सबैको युनिक कोड र जीमेलको प्रयोगबाट मतदान गर्नुभएको हो,’ भट्टराईल थप जानकारी दिँदै भनिन् ।

उनका अनुसार लगभग ४० देखि ५० जना प्रतिनिधिले प्रवासबाट मतदान गरेका छन् । निर्वाचन समितिका संयोजक राम कुमार पुरीका अनुसार बुधबार भएको मतदानको गणना सुरु हुने तयारीमा छ । अनलाइन र भौतिक रुपमा मतदान गरेका सबैको एकमुष्ट रुपमा गणना हुने पुरीले अनलाइनखबरलाई जनाए ।

‘अनलाइन र यहाँ भौतिक रुपमा भएको दुवै मतको गणना हुन्छ,’ उनले भने । भारत प्रवास र अन्य मुलुक गरी लगभग १२ वटा राष्ट्रबाट नेतृत्व चुन्नका लागि मतदान भएको उनले जनाए। ‘जहाँ नयाँ प्रविधिलाई प्रयोग गर्न सक्षम देखिएका ठाउँमा यो सुरुवात गरेका हौं,’ पुरीले भने, ‘भोलि राज्यलाई आवश्यक पर्दा कसरी त्यसलाई तयार पारेर राख्नेछौं ।’ पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदका लागि भएको निर्वाचनमा ७० पदमा निर्वाचन भएको हो ।

अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन् । महिला र दलित उपाध्यक्षमा क्रमशः मानुषी यमी भट्टराई र दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजलासँगै १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो पनि पढ्नुहोस्

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

१४ घण्टा अगाडि
प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक