शनि, मंसिर ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राजन विनायक पासाले निमार्ण गरिएकाे वृत्तचित्र “जय श्री बडिमालिका” सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
राजन विनायक पासाले निमार्ण गरिएकाे वृत्तचित्र “जय श्री बडिमालिका” सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक, सांस्कृतिक  तथा पर्यटकीय महत्व समेटेर निर्माण गरिएको वृत्तचित्र– “जय श्री बडिमालिका” सार्वजनिक भएकाे छ ।

शनिबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरेर वृत्तचित्र सार्वजनिक भएकाे हो । वृत्तचित्रमा राजन बिनायक पासाले  श्री बडीमालिका पूजाको १५ दिने सरकारी पेटारो लैजाने धार्मिक यात्रालाई मुख्य विषयवस्तुका आधारमा निमार्ण गरिएकाे हाे ।

त्रिवि ग्रामीण विकास केन्द्रीय विभागबाट एमफिल तहको अनुसन्धानका शोधार्थी रोशनप्रसाद श्रेष्ठ र उप–प्राध्यापक डा. राजन विनायक पासाको संयुक्त पहलमा वृत्तचित्र निर्माण गरिएको थियो ।

वृत्तचित्र प्रदर्शनको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष तथा वृत्तचित्रका लेखक तथा निर्देशक समेत रहेका डा. पासाले कर्णाली र सुदूर पश्चिमको कनेक्सन क्षेत्र भएकोले बडीमालिका क्षेत्रमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको र यसलाई प्रवद्र्दन गर्नुपर्ने आवश्यकता औँल्याए । बडिमालिकाको महत्वका बारेमा सतहीमात्र नभएर अनुसन्धानात्मक सामाग्रीको निर्माण गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको उनले जनाए । कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडीमालिका क्षेत्रको जानकारी लिन चाहने पक्षलाई सन्तुष्टी दिने खालको वृत्तचित्र निर्माण भएकोमा खुशी व्यक्त गरे ।

डोटीमा जन्मेका श्रेष्ठले बाल्यकालमा श्री बडिमालिका मन्दिमा सरकारी पक्षले पेटारो लैजाने गरेको स्मरण गर्दै  त्यसबारे विस्तृत अध्ययनका साथ वृत्तचित्र निर्माण गरेकोमा निर्माण पक्षलाई धन्यावाद ज्ञापन गरे । उनले सूदुरपश्चिम क्षेत्रको मात्र नभई सिंगो नेपालकै धार्मिक पर्यटन प्रवद्र्धनमा वृत्तचित्रले महत्त्वपूर्ण योगदान गर्न सक्ने बताउँदै सरकारी पक्षले यसलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

ग्रामीण पर्यटनविद् प्रेम शर्माले नेपालको नेचर र कल्चर अत्यन्त महत्वपुर्ण भएकोले त्यसलाई चिन्न देशव्यापी भ्रमण गर्नुपर्नेमा जोड दिए । यस्तै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका प्रा.डा. भूषण श्रेष्ठले धार्मिक पर्यटनका क्षेत्रमा सूदुरपश्चिमवासीले आफ्नो तहबाट विशेष पहल गर्नुपर्ने धारणा राखे ।

वृत्तचित्र निर्माणकर्ता शोधार्थी रोशनप्रसाद श्रेष्ठले आफ्नो शैक्षिक अध्ययनको क्रममा आफ्नो क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सरकारी पेटारो लैजाने गत श्रावण २१ गतेदेखि भएको पन्ध्र दिने धार्मिक यात्रामा सहभागी भई प्रत्यक्ष अनुसन्धानबाट शोध कार्य गरेको र सो शोधकार्यको क्रममा गरिएको अनुभवलाई वृत्तचित्रमा उतारेको जनाए ।

वृत्तचित्रका निर्माणकर्ता तथा निर्देशक उपप्राध्यापक डा. पासाले यसअघिपनि पर्यटन प्रवद्र्दनको उद्देश्यका साथ वृत्तचित्र निर्माण गर्दै आएका छन् । कार्यक्रमको सहजीकरण दुर्गाराज पाण्डेले गरेका थिए । यस वृत्तचित्र भाेलि मंगरबार दिउँसाे चारबजेपछि राजन बिनायक पासा युट्यूबबाट सार्वजनिक हुने छ ।

यो पनि पढ्नुहोस्

संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

३३ मिनेट अगाडि
रिफ्युलिङ प्रणालीको शुभारम्भ

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

३८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भोटेकोशी बाढीपीडितलाई नगद राहत

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

रास्वपा, कांग्रेस र एमालेका सभापतिहरुबीच पहिलोपटक सँगै छलफलमा जुट्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक