-लोकनारायण सुबेदी
अमेरिकामा दोश्रो कार्य कालका लागि पुनः डोनाल्ड ट्रम्पले सत्ताको बगडोर सम्हाले पछि घोषणा गरिएका खाशगरी उनका बाह्य «नीतिले अहिले बिश्वभरी नै आशंकापूर्ण चर्चाहरु उब्जाएका छन् । यद्यपि उनको पहिलो कार्यकाल पनि यो भन्दा भिन्न भने थिएन । त्यसले अहिले अमेरिकाको पहिलो बिश्व प्रतिस्पद्र्धी चीन अनि अरु देशहरुको कुरै छाडौ अमेरिकाको मित्र शक्ति मानिने यूरोपेली यूनियन नै उनका नीतिबाट सशंकित बनेर ट्रम्पको खुल्ला चूनौतिहरुको सामना गर्नका लागि यो संघ आफ्ना संसाधनहरुको आधारमा आफ्नो पुनरोद्धारको मार्ग चित्र ल्याउने तयारीमा लागेको बिश्लेषकहरुले औंल्याइरहेका छन् ।त्थसेै सुधारको कार्यक्रमा एउटा बचत र लगानी संघको स्थापना गर्ने कुरा पनि सामेल रहेको बताइदैछ । जसले गर्दा त्यसमा यूरोपेली संघ परिवारको ३००० लाख यूरो नगद शामिल छ जसले गर्दा त्यो यूरोे बर्षैपिच्छे महाद्वीपबाट बाहिर जाने गरेको र त्यसलाई अब घरमै लगानी गर्न सकिने भनेर बताइदैछ ।
डोनाल्ड ट्रम्पको दोश्रो कार्यकालका लागि संयुक्त राज्य अमेकाको राष्ट्रपतिकोरुपमा शपथ लिने र पदभार ग्रहण गर्ने पहिलो दिन नै उनले गरेका नीतिगत घोषणाहरुको एक साता भित्रै तिनका असरहरु हरेक देशमा बेग्लाबेग्ले किसिमले पर्न थालेका छन् । तर अरुभन्दा पनि यूरोपेली संघका देशहरुमा बिशेषगरी जर्मनी र फ्रान्समा यो सबैभन्दा बढी सन्त्रासको बिषय बनेको देखिदैछ । भनिन्छ गत २३ जनवरीका दिन यो प्रकृया अझ तीब हुन पुग्यो जब ट्रम्पले डाभोस भच्र्यूयल सम्बोधनमा बिश्व आर्थिक मञ्चसँगको कुराकानीको क्रममा आफ्ना नीतिहरुका बारेमा बिस्तारपूर्बक प्रकाश पारे ।
यूरोपेली बर्चश्व रहेको त्यो बिश्व आर्थिक मञ्च(डब्लुईएफ)का सदस्य, जसले २० जनवरीका दिन आफ्नो पाँच दिने बार्षिक सत्र शुरु गरेको थियो, २३ जनवरीका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भिडियो सत्रको प्रतिक्षा गरिरहेका थियो । किनकि त्यस दिन कार्यकारी(सिईओ)हरुलाई आफ्ना स्पष्टीकरणहरुको प्रत्यक्ष उत्तर पाउने अवसर प्राप्त हुने अपेक्षा थियो । उनीहरुलाई त्यो अवसर पनि मिल्यो तर यूरोपेली सीईओहरुको मूड त्यतिबेला निराशा र मोहभंगको स्थितिमा थियो ।यूरोप पहिलादेखि नै आफ्नो निराशाजक आर्थिक कालखण्डको सामना गरिरहेको छ र के बताइदैछ भने यो पक्रिया अझै लामो समयसम्म चल्नेछ । त्यो किन भने ट्रम्पले नाटो देशहरुसँग रक्षा खर्चलाई सकल घरेलु उत्पादन(जीडीपी)को ५ प्रतिशतसम्म बढाउनका लागि आफ्नो आह्वान दोहो¥याएका थिए । त्यतिबेलासम्म उनले चूनौति दिएका थिएनन् ।
हुन त त्यतिबेलासम्म कतिपय राष्ट्रहरुले उनको पहिलो कार्यकालको क्रममा २ प्रतिशत जीडीपी लक्ष पनि पूरा गरेका थिएनन् । ट्रम्पले भने–‘यो केवल २ प्रतिशत थियो र अधिकांश देशहरुले मेरो पुनरागमन हुँदासम्म भुक्तानी गरेनन् । मैले जोड दिए कि भुक्तान गरुन् र उनीहरुले गरे ।किनभने संयुक्त राज्य अमेरिका वास्तवमा त्यतिबेला आन्तरिक भुक्तान गरिरहेको थियो ।’
त्यस क्रममा उनले थप घोषणा के गरे भने अमेरिकाले ‘अन्य देशहरुसँग सम्मानको माग गर्न’ शुरु गर्नेछ, त्यस घोषणासँगै उनले क्यानाडा र यूरोपेली संघको पनि उल्लेख गरे । उनले भने कि क्यानाडा अमेरिकाको ‘एक राज्य’ बन्न सक्तछ, जुन क्यानाडासँग अमेरिकाको ब्यापार घाटा समाप्त पार्ने एउटा तरीका हो । ‘हामीलाई तिनका कारहरुको आवश्यकता छैन र तिनको काठको पनि आवश्यकता छैन।’ यूरोपेली संघका बारेमा उनले थप भने कि यो ब्लकद्वारा अमेरिकासँग ‘बहुत अनुचित’ ब्यबहार गर्ने गरियो। ‘उनीहरुले हाम्रो कृषि उपज लिदैनन् र तिनले ‘हाम्रा कारहरु पनि किन्दैनन् । फेरि पनि ‘उनीहरुले हामीलाई लाखौंको संख्यामा कारहरु पठाउने गर्छन’ उनले अझ प्रष्ट पारे ।
त्यसरी नै उनले साऊदी अरब र तेल उत्पादक कार्टेल ओपेकसँग तेलको मूल्य कटौति गर्न पनि आग्रह गरे र दाबी के गरे भने यसबाट यूक्रेन युद्ध समाप्त हुनेछ । उनले भने ‘तिनले यो कुरा धेरै पहिले नै गरिसक्नुपर्ने थियो । वास्तवमा केही हदसम्म जे भइरहेको छ त्यसका लागि उनीहरु बहुतै जिम्मेवार छन्’। ट्रम्पको यो घोषणापछि तेलको मूल्यमा गिरावट पनि आयो ।
थप उनले के पनि भनेका छन् भने अमेरिकाले आफ्नो ऊर्जा उत्पादनलाई दोब्बर बढाउने आवश्यकता छ आंशिकरुपमा कृत्रिम बुद्धिमत्ता(एआई)बढावा दिनका लागि । अझ थप उनले भनेका छन् कि उनले नयाँ बिद्यूत संयन्त्रका लागि स्वीकृत दिने कार्य तीब्र पार्नेछन् जसलाई कम्पनीहरुले आफ्ना संयन्त्रको छेउमा स्थापित गर्न सक्तछन् – त्यस्तो केही काम गर्न बर्तमान नियम अन्तर्गत सम्भव छैन । चिन्ताजनक किसिमले उनले घोषणा गरे कि कम्पनीहरुले आफ्नो इच्छा अनुसार कुनै पनि चीजबाट यसलाई इन्धन दिन सक्नेछन, अनि ब्याकअफका लागि कोइला,‘राम्रो स्वस्थ कोइला’ राख्न सक्नेछन् ।
यसरी ट्रम्पले दोश्रो कार्य कालका लागि ह्वाइट हाउसमा फर्किनासाथ पूरै यूरापेमा ठूलो आत्ममन्थनको लहर र हलचल उत्पन्न गरिदिएका छन् । उनको ‘अमेरिका पहिलो’ सिद्धान्त र ‘यूरोपेली संघको सामानमाथि करको धम्की’ले यूरोपका अभिजात बर्गलाई के सोच्न बाध्य पारेको देखि गरिदैछ भने तिनले अमेरिसँगको बढ्दो आर्थिक खाडल कसरी पुर्न सक्लान् अनि अतिरिक्त सैन्य खर्चका लागि आबश्यक अर्बौंको प्रबन्ध के कसरी गर्न सक्लान् । बिश्व आर्थिक मञ्चमाथि यूरोपेली सिईओहरुको प्रभूत्व रहेको छ । तिनको अमेरिकी कम्पनीहरुसँग राम्रो सम्वन्ध पनि छ । तीमध्ये कतिपयसँग यूरोपेली देशहरुमा उत्पादनका सुबिधाहरु प्नि छन्, जसबाट रोजगारीको सिर्जना पनि हुन्छ र जीडीपीको बृद्धि पनि हुन्छ । तर अब ट्रम्पले डाभोस बैठकमा के घोषणा गरिसके भने अमेरिकी कम्पनीहरुबाट पनि यूरोपका तिनको उत्पादित सामान अमेरिका निर्यातका लागि शुल्क लिइनेछ । तिनलाई अमेरिका फर्कन र आफ्ना देशमा सुबिधाहरु बढाउन या स्थापित गर्न पनि भनिएको छ ।
यदि ट्रम्पका यी उपायहरुलाई अन्ततः यूरोपमा गति मिल्यो भने यसको अर्थ यही हुन्छ कि यूरोपेली संघका सदस्यहरुको पहिलादेखि नै अपाङ्ग अर्थब्यवस्थालाई ठूलो झट्का लाग्नेछ । यूरोपेली आयोगसँग पहिलादेखिनै यूरोपेली केन्द्रिय बैंकका पूर्ब अध्यक्ष मारियोड्रेगीद्वारा तयार पारिएको एउटा प्रतिबेदन छ, त्यसमा के भनिएको बताइन्छ भने यूरोपमा उत्पादकता ‘बहुत कमजोर’ छ र ‘गहन एकीकरण तथा समन्वित लगानीको तत्कालै आवश्यकता छ’ ।
त्यहाँ यो शुरु भएको नयाँ बर्ष २०२५ का लागि संकेतहरु पहिलादेखि नै निराशाजनक थिए, तर अब ट्रम्पको यो नीति घोषणहरुले परिदृष्यहरुलाई अझ खराब गरिदिएको औंल्याइदैछ । अन्तराष्ट्रिय मुद्राकोषले २०२५ मा यूरो क्षेत्रमा एक प्रतिशतको तुलनामा अमेरिकी अर्थब्यवस्थाका लागि २.७ प्रतिशत बृद्धिको अनुमान लगाएको छ । जर्मनीको जीडीपी बितेका दुइ बर्षदेखि खुम्चिदै गइरहेको छ । यस प्रकार स्थिति निकै अनिश्चित छ किन कि आउदो राष्ट्रिय निर्बाचन २३ फेब्रुअरीमा हुनेवाल छ । तर त्यहाँ पनि यस कुराको कुनै सुनिश्चितता छैन कि एउटा स्थिर गठबन्धन सरकार बन्ला ।
डाभोसमा असंख्य बातचितहरुमा ब्यापारिक तथा राजनेताहरुले यूरोपेली संघका सामुमा उत्पन्न हुने समस्याहरुलाई उजागर गरेका थिए । फ्रान्स र जर्मनीको मूख्य अर्थब्यवस्थामा गतिरोध र अमेरिकी प्रबिधी दिग्गजहरुसँग प्रतिस्पद्र्धा गर्नमा बिफलतादेखि लिएर लोक तुष्टिकरणबाद अर्थात लोकप्रियताबादको उदय तथा यूक्रेन युद्धसम्मका कुराहरु ती छलफलमा परे । यूरोपेली आयोगका अध्यक्ष उर्सुलावनडेरलेयेनले डाभोस मञ्चमा भनेको छ कि ‘बितेको २५ बर्षमा यूरोपले आफ्नो बिकासलाई अघि बढाउनका लागि बिश्व ब्यापारको बढ्दो ज्वारमाथि भरोसा ग¥यो । यसले रुसबाट प्राप्त हुने सस्तो ऊर्जामा भरोसा गर्न पुग्यो । अनि यूरोपले प्राय आफ्नो सुरक्षालाई ‘आउटसोर्स’ पनि ग¥यो । तर आज ती दिन सकिएका छन्’।
यस परिप्रेक्षमा डाभोसमा ट्रम्पको भाषण पछि कुन भावनाले यूरोपमा घर गर्न थालेको प्रतीत हुन्छ भने यूरोप स्वयंलाई ट्रम्पबाट रक्षा गरिनु पर्ने स्थिति बनेको छ । बितेका दुइ बर्षदेखि अमेरिकाको सन्दर्भमा यस्तो चर्चा चल्दै पनि आएको हो । तर यूरोपेलीहरु आफैंमा गर्बित हुने गर्छन् र तिनका सिईओहरुले अहिलेसम्म पनि सोच्ने गर्दछन् कि उनीहरुसँग परिर्बत ल्याउनका लागि सबैभन्दा राम्रो मस्तिष्क छ । यद्यपि माथि उल्लिखित ड्र्रैगीको प्रतिबेदनमा के उल्लेख रहेको बताइएको छ भने यूरोपेली संघका कम्पनीहरु बितेको पच्चास बर्षमा एउटा पनि कम्पनीले १०० अर्ब यूरोका कम्पनी बनाउन सकेका छैनन् । जबकि उता अमेरिका भने त्यसै अबधिमा १० खर्ब यूरोभन्दा बढी मूल्यका ६ कम्पनीहरु बनाउन सफल भयो ।
त्यसैले भनिदैछ कि ट्रम्पको यूरोपलाई दिइएको खुल्ला चूनौतिको सामना गर्न यूरोपेली आयोग(ईसी)ले आफ्नो स्वयंको संसाधनका आधारमा पुनरुद्धारका निम्ति आफ्नो मार्गचित्र(रोडम्याप)प्रकाशमा ल्याउने भएको छ । त्यसै सुधारको कार्यक्रममा एउटा ‘बचत तथा लगानी संघ’को स्थापना गर्ने प्रावधान पनि समावेश छ । जसले गर्दा यूरोपेली संघका परिवारको ३००० लाख यूरोको नगद रकम जुन बर्षैपिच्छे यूरोपेली महाद्विपबाट बाहिर जान्छ त्यसलाई घर फर्काउन र लगानी गर्न सकिने बताइएको छ । यूरोपबाट पैसा र कम्पनीहरुको त्यस्तो प्रबाहलाई रोक्नका लागि एउटा ‘पूँजी बजार संघ’ बनाउने कुरामाथि पनि बिचार बिमर्श चलिरहेको बताइन्छ । यी सब गतिबिधिले डोनाल्ड ट्रम्पको हमलाको सामना गर्नका लागि यूरोपेली संघलाई अन्ततः तत्काल कारबाहीको कार्यक्रम आबश्यक छ भन्ने महसुश भएको देखिन्छ । निश्चय नै आउदो समयले बताउने छ कि यो यूरोपेली कदम प्रभावकारी र सफल हुने हो कि होइन । के कुरा भने प्रष्ट छ भने ट्रम्पका नीति र कदमबाट बिश्वको अर्थ–राजनीतिमा पर्ने असरबाट जोगिन सही आवश्यक कदम चाल्न सबै महादेशका देशहरु सचेत र सावधान हुनै पर्ने स्थिति बिकास भएको छ । अन्यथा ब्यापर युद्ध बिश्व युद्धकै बाटोमा भड्किने खतरा पनि संघारमै छ । मानब तथा प्रकृतिको अन्ध दोहनको अगस्थी पूँजीवादी प्रकृया चलुञ्जेल पात्रहरु जे फेरिए पनि जनतालाई भने बोझ थपिने मात्रै हो भन्ने अहिलेसम्मको अनुभवले दर्शाइरहेको छ ।