शुक्र, मंसिर ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अखिल क्रान्तिकारीमा वरीयता मिलाउन माग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
अखिल क्रान्तिकारीमा वरीयता मिलाउन माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । लामो विवादका बीच ३२ वर्षे उमेर हद लगाएर केन्द्रीय नेतृत्व चयन गरेको अखिल क्रान्तिकारीमा फेरि अर्को नयाँ लफडा सुरु भएको छ ।

केन्द्रीय अध्यक्षभन्दा ‘सिनियर’ प्रदेश अध्यक्षहरुले आफूहरुमाथि अन्याय भएको गुनासो गर्दै वरीयता मिलाउन माग गरेका छन् र त्यो नमिलेसम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने चेतावनी दिएका छन् ।

प्रदेश अध्यक्षहरुले फ्र्याक्सन इञ्चार्जलाई पत्र पठाउँदै विधानमा भएको नीतिगत त्रुटि सच्चाउन माग गरेका हुन् ।

अखिल क्रान्तिकारीका ९ मध्ये ६ वटा प्रदेश अध्यक्षहरुले संयुक्त पत्र लेखेर विधान नसच्याए पदाधिकारी बैठक, सपथग्रहण कार्यक्रम, स्ववियु कार्यशाला गोष्ठी लगायत कुनै पनि कार्यक्रममा सहभागी नहुने र केन्द्रीय पदाधिकारीहरूलाई प्रदेशको कुनै पनि कार्यक्रममा सहभागी नगराउने चेतावनी दिएका छन् ।

अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा ३२ वर्षे उमेर हद लागू गरेर अध्यक्षमा विजय सापकोटा नेतृत्वको टोली निर्वाचित भएको थियो । केन्द्रको नेतृत्व चयन हुनुभन्दा अगाडि उमेर हद नलगाई क्याम्पस इकाइ समिति, स्थानीय तहका सम्मेलन, जिल्ला सम्मेलन, प्रदेश सम्मेलन (केही बाहेक) सम्पन भएका थिए ।

उमेरहदबारे निर्णय स्पष्ट नभएको अवस्थामा उमेर र क्रियाशीलता दुवै आधारमा ‘सिनियर’ नेताहरु प्रदेश अध्यक्ष बनेका थिए । अहिले केन्द्रमा ‘जुनियर’ नेतृत्व आएपछि प्रदेश अध्यक्षहरुले वरीयताक्रम मिलाउन माग गरेका हुन् ।

प्रदेश अध्यक्षलाई केन्द्रको उपाध्यक्ष सरहको वरीयता दिन माग

प्रदेश अध्यक्षहरुलाई केन्द्रको उपाध्यक्ष सरहको वरीयता दिनुपर्ने उनीहरुको माग छ । यसैगरी प्रदेशको उपाध्यक्ष र प्रमुख सचिवलाई केन्द्रको उपमहासचिव सरह तथा अन्य पदाधिकारीलाई सचिव वो सोसरह हुने व्यवस्था कायम गरी विधान सच्याउन उनीहरुले माग गरेका छन् ।

‘हामी माथि हुन गएको अन्यायलाई छिटो भन्दा छिटो सम्बोधन गरी परिपत्र जारी गर्न अनुरोध गर्दछौं । अन्यथा हामी प्रदेश अध्यक्षहरू कुनै पनि कार्यक्रममा सहभागी हुने छैनौं,’ पत्रमा लेखिएको छ, ‘पदाधिकारी बैठक, सपथ ग्रहण कार्यक्रम, स्ववियु कार्यशाला गोष्ठी लगाएत कुनै पनि कार्यक्रममा सहभागी हुने छैनौं र केन्द्रीय पदाधिकारीहरूलाई प्रदेशको कुनै पनि कार्यक्रममा हामी सहभागी गराउने छैनौं भन्ने कुराको जानकारी जानकारी गराउँदछौं ।’

उनीहरुले विभिन्न विमति भए पनि आसन्न स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीलाई विजय गराउन लाग्ने र त्यसको निम्ति प्रदेश कमिटीले आफैं कार्ययोजना बनाएर अघि बढ्ने स्पष्ट पारेका छन् ।

पत्रमा अखिल क्रान्तिकारीका नौ प्रदेश कमिटीमध्ये ६ प्रदेश कमिटी अध्यक्षको हस्ताक्षर छ ।

पत्रमा हस्ताक्षर गर्नेहरुमा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष वीरबहादुर थापा, कर्णाली प्रदेश अध्यक्ष मनसिंह शाही, लुम्बिनी प्रदेश अध्यक्ष पुष्कर शाह, गण्डकी प्रदेश अध्यक्ष त्रिदीप गुरुङ, बागमती प्रदेश अध्यक्ष अर्जुन पौडेल र कोशी प्रदेश अध्यक्ष चन्द्र माङमुङ छन् ।

मधेश, विश्वविद्यालय र विशेष प्रदेशको सम्मेलन नभएकाले नेतृत्व चयन हुन सकेको छैन । ती प्रदेशबाट प्रतिनिधिहरुमात्र चुनेर राष्ट्रिय सम्मेलनमा पठाइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

१६ घण्टा अगाडि
छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्

प्रधानमन्त्रीको भारत भ्रमण यात्रा ३० घण्टा मात्रै हुने

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

आसन्न स्थानीय तह चुनावबारे छलफल गर्दै आयाेग

विदेशी मुद्राको विनिमयदर निर्धारण

एन्फा माथि लगाएका प्रतिबन्ध हटाउने राखेपकाे निर्णय

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक