काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


