कञ्चनपुर । सप्तरी, कन्चनरूप नगरपालिका-४ जगतपुर बस्ने ६५ वर्षीय भिखु यादवको घर र गोठमा मंगलबार राति आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङ, रंगेली नगरपालिका-२ जलिया टोलस्थित इस्टर्न स्टार कृषि फर्मको चौरमा राखिएको बा.३ क ३५९६ नम्बरको स्काइभेटरमा बुधबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।