मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजनमा नेशनल साईबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता २०८१ को फाइनल चरण तथा समापन समारोह रसियन हाउस, कमलपोखरी काठमाडौंमा माघको ७ गते सम्पन्न भएको छ ।

कुल ३२ टिममा उत्कृष्ट हुँदै फाइनल प्रतियोगितामा ४ वटा स्कुलका टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल प्रतियोगिताबाट उत्कृष्ट हुँदै धापासी काठमाडौंको त्रियोग हाई स्कुलले प्रथम स्थान हासिल गर्‍यो । माउन्ट एसईबी स्कुल, सैनिक आवासीय महाविद्यालय, बुढानीलकण्ठ स्कुलले क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरेका छन् । प्रतियोगितामा काठमाडौं उपत्यकाका ३२ विद्यालयका माध्यमिक तहका ९६ जना विद्यार्थीहरू प्रत्यक्ष सहभागी भई प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा सूचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्यम्बलिङ र ग्यासपिङ राउन्डमा सहभागी विद्यार्थीहरूबीच क्वालिफायिङ, सेमिफाइनल र फाइनल गरी तीन चरणमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रमुख अतिथि श्री रमेश शर्मा पौड्याल, महानिर्देशक, सूचना प्रविधि विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, तथा विशेष अतिथिहरू रसियन हाउसका निर्देशक एन्टन मास्लोभ र एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसन तथा स्टार्टअप एण्ड इनोभेसन कमिटी चेम्बर अफ कमर्सका अध्यक्ष श्री पंकज जलानको उपस्थितिमा समापन समारोह रसियन हाउस कमलपोखरी काठमाडौंमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा प्रथम हुने त्रियोग हाई स्कुलले नगद रु २५०००, पच्चिस हजार, ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरूले सम्मान गरिएको थियो । दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने स्कुलहरूलाई पनि ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरूले सम्मान गरिएको थियो । कार्यक्रमको मुख्य प्रायोजनमा टेकस्पाएर कलेज थियो । रसियन हाउस, आई मार्ट, हिमालयन नेक्टर हनी, महर्षी कलेज, आईएनआई सिनेमा, पि सि पि एस कलेज, मोटर सेवा लगायतले प्रायोजन गरेका थिए ।

सूचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरिएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी विद्यार्थीहरूले प्रतिस्पर्धा मार्फत सूचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफूलाई अद्यावधिक राख्ने प्रमुख लक्ष्य रहेको यस कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोमा सम्पूर्ण सरोकारवालाहरू लाई सराहना गर्दै निकट भविष्यमा नेशनल साईबर ओलम्पियाडको २ संस्करण आयोजना गर्ने  यसका संस्थापक अध्यक्ष श्री लक्ष्मण पोख्रेलले बताए ।

त्रियोग हाई स्कुलको विजेता टोलीद्वारा केक काटेर कार्यक्रमको समापन गरिएको थियो ।

यो पनि पढ्नुहोस्

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

१ दिन अगाडि
सुर्खेतमा क्यानको साधारणसभा हुने

एनपिएलको वित्तीय प्रतिवेदन स्वीकृति प्रदान गर्ने

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाको बैठक सुरु

आईजीपी र एपीजीका प्रतिनिधिबीच भेट

सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक