काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्तराज्य अमेरिकाको ४७औँ राष्ट्रपतिको पदभार ग्रहण गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाईसहित कार्यकाल सफलताका लागि शुभकामना दिएकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ‘एक्स’मार्फत बधाई दिँदै राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेकी छन्।