मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौंको ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जना भारतीय नागरिकलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

चिनियाँ नागरिकलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा मकवानपुरको भीमफेंदीबाट नियन्त्रणमा लिइएका उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्न बुधबार अदालतबाट अनुमति लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जनाए ।

उनका अनुसार, हिरासतमा राख्न अनुमति लिइएकाहरुमा भारत महाराष्ट्र प्रदेशका ३३ वर्षीय आशुतोफ दत्रेय, ३० वर्षीय अमोल खरमते, ४० वर्षीय असरफ युनुस शेख र ३० वर्षीय अम्बास श्रीसत छन् ।

उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान थालिएको अधिकारीले बताए । ‘यो अवधिमा बयान लिने र अनुसन्धानका अन्य कामहरु अघि बढ्छन्’, उनले  भने ।

मंगलबार ठमेलबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरिएको भन्दै खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो । चिनियाँ नागरिक हराएको भनिएको स्थानको सीसी टीभी हेर्दा भारतीय नागरिकहरुले उनलाई गाडीमा हालेर लैजाँदै गरेको देखिएपछि नाकाहरुमा जाँच थालिएको थियो ।

‘भारतीय नम्बर प्लेटकै गाडीमा हालेर लैजाँदै गरेको देखिएपछि जानसक्ने सम्भावित स्थानहरुमा चेक पोइन्ट राखेका थियौं’, कार्यालयका एसएसपी सानुराम भट्टराईले अनलाइनखबरसँग भनेका छन्, ‘त्यसक्रममा मकवानपुरको भीमफेंदीमा शंकास्पद गाडीलाई नियन्त्रणमा लिएका थियौं ।’

यद्यपि, प्रहरीको चेकपोइन्ट देखेपछि केही भारतीय र चिनियाँ नागरिक भागेका थिए । पछि भारतीय नागरिकहरु भीमफेंदीबाटै पक्राउ परे भने चिनियाँ नागरिकलाई प्रहरीले मकवानपुरकै फर्पिङमा फेला पारेको थियो ।

प्रारम्भिक जाँचका क्रममा लेनदेनको विवादमा अपहरणमा गरेर भारततर्फ लैजान खोजिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

‘उनीहरु कुनै ठगीको प्रकरणमा जोडिएको जस्तो देखिन्छ, चिनियाँ नागरिकले दिने भने अनुसारको रकम नदिएपछि भारतीय नागरिकहरु काठमाडौंमा आएर अपहरण प्रयास गरेको देखिएको छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘ठगीको सन्दर्भमा यो नेपालसँग जोडिएको विषय जस्तो देखिँदैन, त्योबारेमा बेग्लै रुपमा जाँच गर्नुपर्ने देखिन्छ ।’

जाँचका क्रममा थप तथ्यहरु खुले चिनियाँ नागरिकमाथि समेत अनुसन्धान गर्नुपर्ने हुनसक्ने अधिकृतहरुले जनाएका छन् ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

३ दिन अगाडि
पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ

कटुवा पेस्तोल सहित एक जना पक्राउ

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

भूपदेव शाह रास्वपाका महामन्त्री

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

यस्ताे छ दिनभरकाे माैसम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक