काठमाडौं । वीरगंज महानगरपालिका-१६ गणेश टोलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु करिब १९ किलो ५ सय ग्राम आइतबार बेलुकी प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी गणेशटोलबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले १ वटा बोराको पोका सडकमा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त परिमाणको वस्तु फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिको खोजी गरिरहेको छ । उदयपुर, बेलका नगरपालिका-७ मैनामैनीस्थित बिलिम्लाबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मैनामैनीबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।