मङ्ल, जेष्ठ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा संगोष्टी

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा संगोष्टी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरू विचको महत्वपूर्ण सम्मेलन सम्पन्न भएको छ । मंगलबार र बुधबार सम्पन्न साइबर सुरक्षा संगोष्टीमा सहभागीहरुले नेपालको साइबर कानुन, साइबर सुरक्षा, अपराध र चुनौतिका सवालमा छलफल र बहस गरे ।

संगोष्टीको उद्घाटन गर्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले पछिल्लो समय इन्टरनेटको माध्यमबाट धेरै अपराधहरु भइरहेको तथा साइबर सम्बन्धी नेपालको विद्यमान कानुन, नीति र व्यवसायिकताका बारेमा कलेजका विद्यार्थीहरुलाई सचेतना दिन संगोष्टी आयोजना गरिएको बताउनु भयो । साइबर सुरक्षा संगोष्टीबाट विद्यार्थीहरुले साइबर कानुन, साइबरमा जोखिम र सामाजिक, आर्थिक प्राविधिक ज्ञान प्राप्त गर्ने विस्वास व्यक्त गर्नुभयो ।

संगोष्टीको पहिलो दिन आयोजित प्यानल छलफलमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक तथा प्रवक्ता राजकुमार महर्जनले सरकारले साईबर अपराध, साइबर सुरक्षा र कानुनलाई बलियो बनाउन काम गरिरहेको बताउनु भयो । उहाँले सरकारी तवरबाट आम नागरिकलाई साइबर सम्बन्धी सचेतना दिने कार्यसँगै कानुनमा रहेका कमजोरीहरु सुधार गर्न सक्रियताका साथ कार्य भइरहेकोले सामाजिक सञ्जाल, इन्टरनेटका माध्यमबाट हुने अपराध बारे सबैले जानकारी राख्नुपर्नेमा जोड दिनुभयो ।

संगोष्टीमा बोल्दै राष्ट्रिय साइबर व्यूरोका एसपी दीपकराज अवस्थीले नेपालको साइबर कानुन, साइबर अपराधका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भयो । उहाँले पछिल्लो पुस्ता साइबर अपराधमा जोडिनु दुखःद भएको बताउँदै नेपालमै रहेर भिओआईपी प्रयोग गरेर साइबर अपराध गर्ने क्रम बढेको र त्यस्ता कार्य गर्दा कुनै न कुनै दिन फसिने भएकोले विद्यार्थीहरुलाई त्यस्ता कार्यमा संलग्न नहुन अनुरोध गर्नुभयो ।

कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले साइबर सुरक्षा संगोष्टीले विद्यार्थीहरुलाई साइबर सुरक्षा, कानुन र अपराधका बारेमा ज्ञान दिने जिकीर गर्नुभयो । उहाँले इन्टरनेटको माध्यमबाट हुने अपराधहरु बारे विशेषगरी युवा पुस्ता विद्यार्थीहरुले बढी जानकारी लिनुपर्नेमा जोड दिनुभयो ।

इसेवाका इन्जिनियर सुदिप पाठकले निजी क्षेत्रले खासगरी रकम भुक्तानी सम्बन्धी साइबर सुरक्षा, समस्या र चुनौति तथा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी दिनुभयो । संगोष्टीमा साइबर प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष खनाल, ल इम्पेरियलका प्रबन्ध निर्देशक सुरेन्द्र तिवारी, मेरो शिक्षाका संस्थापक अनुप उप्रेती, आइसिटी अवार्ड विजेता क्रिमसन टेकका रुकेश दुवाल, कलेजका कम्प्युटर डिपार्टमेन्टका प्रमुख जीतबहादुर बोहरा, विद्यार्थी कल्याण समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारी लगायतको सहभागीता रहेको थियो ।

दुई दिनसम्म चलेको साइबर सुरक्षा संगोष्टीमा कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

३ घण्टा अगाडि
प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

हुम्लामा जनधनको क्षति हुन नदिन पार्टीपंक्तिलाई निर्देशित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक