शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संविधान संसोधनको नाटक मञ्चन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
संविधान संसोधनको नाटक मञ्चन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले अहिले सत्तामा रहेका काङ्ग्रेस र एमालेले आफ्ना गल्ती र असफलताको ढाकछोप गर्न संविधान संसोधनको नाटक मञ्चन गरिएको उल्लेख गरेका छन्।

सोमबार सुनसरीको धरानमा आयोजित पार्टी ध्रुवीकरण तथा राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले संसदीय पार्टीहरुले देश र जनताको हितमा काम गर्दा कानुनले बाधा पुर्‍याए संशोधन गर्न आवश्यक भएपनि आफ्नो अपराध र गल्तीको ढाकछोप गर्न गरिने संसोधन अपराध सरह भएको उल्लेख गरेका हुन्। महासचिव विप्लव सीले पछिल्लो समय नेपाली काङ्ग्रेस , एमाले र माओवादी पुजीवादीहरुको पार्टी बनेको र उनिहरु चरम अपराधिक गतिविधिमा संलग्न हुँदै गएकाले आफ्ना असफलता र अपराधको ढाकछोप गर्न संविधान संसोधन गर्न लागिपरेका जनाए । उनले नेपाली जनता र देशको हितमा काम गर्न असफल भएपछि

जनतालाई कसरी ढाँट्न सकिन्छ भन्ने गलत मनसाय बोकेर हिँड्नेहरुले देश र जनताको हकहितका लागि काम गर्न नसक्ने समेत ठोकुवा गर्दै अब देश र जनताको एक मात्र विकल्प समाजवादी व्यवस्था भएकोले अब सबै यहि बाटोमा आउनुपर्ने समेत विप्लवले जनाए। यसैगरी , महासचिव विप्लव सीले अमेरिका आफ्नो सेना लिएर नेपाल आउन चाहेको बताएका छन्। उनले अमेरिकाले नेपालमा आफ्ना सेना उतारेर चिन घेर्ने, कम्युनिस्टहरुलाई सक्ने र दलालहरु खडा गरेर नेपालका प्राकृतिक स्रोत साधन कब्जा गर्ने नितिका साथ अगाडि बढिरहेको जनाए ।

महासचिव विप्लव सीले अमेरिकाले पछिल्लो समय नेकपाबाट असुरक्षित महसुस गर्दै राष्ट्रघाती एमसिसी परियोजना जबर्जस्त लाद्न दलाल राष्ट्रघातिहरु देखि गुन्डागर्दी सम्म प्रयोग गरिरहेको जनाए । उनले एमसिसी राष्ट्रघाती परियोजना रहेको र नेकपाले यसको विरुद्ध जस्तोसुकै संघर्ष गर्न तयार रहेको जनाए ।

उनले सबैलाई यस विषयमा सचेत रहन अनुरोध गर्दै जनताले अहिले नेकपा गुहारिरहेका बताए । यसैगरी , महासचिव विप्लव सीले आज विश्वभर माओवादी पुगेको जनाउदै माओवादी जनयुद्ध लड्दै आएका माओवादीहरु अहिले नेपालका हरेक पार्टीमा रहेको र देशबाहिर समेत विभिन्न देशहरुमा माओवादी पुगेको उल्लेख गरेका छन् ।

महासचिव विप्लव सीले जनयुद्ध लडेका लडाकु कमान्डरहरु अहिले रुस युक्रेन युद्धमा समेत नेतृत्व गरिरहेको जनाउँदै अब फेरि सबै माओवादीहरु एकै ठाउँमा उभ्भिने बेला आएको जनाए। उनले विभिन्न पार्टीमा पुगेका पुराना माओवादी नेताकार्यकर्तालाई स्वागत गर्दै अब देशको नेतृत्व नेकपाले गर्ने समेत जनाए ।

यो पनि पढ्नुहोस्

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

२१ घण्टा अगाडि
जनताको मन दुखाउने काम गर्ने प्रतिवाद गर्ने चेतावनी

जनताको मन दुखाउने काम गर्ने प्रतिवाद गर्ने चेतावनी

२२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सभामुखसँग राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् भेटवार्ता

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक