काठमाडौं, १९ पुस काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित टोखा नगरपालिका-७ बस्ने ३४ वर्षीय अञ्जन भण्डारीको कञ्चनजंगा कफी कम्पनीमा बिहीबार साँझ आगलागी भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । यसैगरी काठमाडौं महानगरपालिका-१५ बनस्थली ढुङ्गेधारास्थित ढुङ्गेधारा मिनी मार्केट प्रालिको टहरोमा संचालित तरकारी बजारमा शुक्रबार बिहान आगलागी हुँदा टहरो, मसला, तरकारी र १ थान मोटरसाइकल समेत जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।