काठमाडौं । सल्यान, शारदा नगरपालिका-८ मार्केस्थित सडकमा मार्केदेखि सिमखर्कतर्फ आउँदै गरेको भे.१ त ६९५२ नम्बरको ट्याकटर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार बनगाड कुपिण्डे नगरपालिका-९ बस्ने १४ वर्षीय निर्मल भन्ने उत्तम यरीको मृत्यु भएको छ । सोमबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, केराबारी गाउँपालिका-७ दाहाल चोकस्थित सडकमा केराबारीबाट धरानतर्फ जाँदै गरेको को. १ ख २८२४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८० वर्षीय लोक बहादुर राईको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको वीपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ हनुमान मन्दिर नजिक सडकमा सु.प.प्र.०२-००४ प ४२६७ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१३ बस्ने २१ वर्षीय निरज भट्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१२ भतौडीस्थित सडकमा लु. २९ प ४९७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय रमानन्द गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।
म्याग्दी, बेनी नगरपालिका-८ संगमचोकस्थित सडकमा पर्वतबाट बाबियाचौरतर्फ आउँदै गरेको ग. १ त ५४६० नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरका सहचालक पर्वत बिहादी गाउँपालिका-३ रानीपानी बस्ने ३४ वर्षीय बलवीर परियारको सोमबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल वेनीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


