काठमाडौं । नेपालले फेब्रुअरी १७ देखि २६ सम्म काठमाडौंमा चार राष्ट्र सम्मिलित महिला फुटबल प्रतियोगिता आयोजना गर्दैछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार आयोजक नेपालसहित कीर्गिस्तान, लेबनान र म्यानमारका महिला टोलीहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन्। प्रतियोगितामा सहभागी टोलीहरू मध्ये म्यानमार (५५औं) फिफा वरीयतामा छ।
नेपाल वरीयतामा १०३ मा छ। कीर्गिस्तान १२८औं, लेबनान र १३४औं स्थानमा छन्।
नेपालले २०२४ डब्लूएएएफ महिला च्याम्पियनसीपमा लेबनानलाई २-१ ले पराजित गरेको थियो।
त्यस्तै, नेपालले म्यानमारसँग चार पटक प्रतिस्पर्धा गरेकोमा एक खेल बराबरी र तीन खेलमा हार व्यहोरेको छ। त्यस्तै, नेपालले २०१९ को नाज्दा कपमा कीर्गिस्तानलाई ८-२ को फराकिलो अन्तरले पराजित गरेको थियो।

