सोम, चैत्र ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

राम्रा काम गर्नेलाई सामाजिक सञ्जाल सहयोगी बन्छ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

निमकान्त पाण्डे

अहिले विश्वभर नै सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै गएको छ । परिवार, समाज मात्र नभई देशकै राजनीतिक क्षेत्रमा पनि यसको प्रभाव पर्न थालेको छ । त्यसकारण अब सामाजिक सञ्जाललाई कमजोर आँक्न मिल्ने अवस्था छैन । विशेषगरी सामाजिक सञ्जाल दुई धारे तरबार जस्तो भएको छ । विज्ञानको विकासको उत्कृष्ट र समाजले अपनाएको अत्यन्तै लोकप्रिय पाटो सामाजिक सञ्जाल हो । यसलाई प्रयोग गर्न जाने कसैका लागि सहयोगी पनि बनेका छन् । तर नजानेमा भने ठूल्ठूला व्यक्ति, पार्टी र संस्था पनि सकिएका छन् । आजको समाज र समयले दिएको सन्देश यही हो ।

विश्वभर नै अहिले सामाजिक सञ्जाल सहमति असहमति प्रकट गर्ने जबर्जस्त थलो बनेको छ । यसमा शासकीय बेथितिदेखि सामाजिक समस्याहरुमा तत्काल प्रतिक्रिया दिन सहज बनेको छ । पहिले पहुँचवाला वर्गले मात्र आफ्नो आवाज राख्ने र सुनाउने अवस्था थियो । सामाजिक सञ्जालले ती सबै मानकहरु भत्काएको छ । अब चाहे स्वदेश वा विदेशका विषय हुन्, सर्वसाधारणले सहजै आफ्नो आवाज सामाजिक सञ्जालमार्फत सुनाउन पाएका छन् । खुलेर असहमति प्रकट गर्न पाएका छन् ।
सामाजिक सञ्जालले राम्रा काम गर्नेहरुलाई झन् धेरै सहयोग पु¥याएको देखिन्छ । सामान्य वर्गका व्यक्तिलाई पनि भाइरल बनाएर चर्चामा ल्याएको छ । कुनाकुनामा रहेका प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ल्याउन पनि सामाजिक सञ्जालले मद्दत गरेको छ । पछिल्लो समय त सामाजिक सञ्जाल व्यापारव्यवसायमा संलग्नहरुलाई प्रचारको उपयुक्त थलो पनि बनेको छ । त्यसकारण सामाजिक सञ्जालको प्रयोग र प्रभावलाई अब नजरअन्दाज गर्न सकिँदैन ।

नेपालमा सामाजिक सञ्जालमा सर्वसाधारणको उपस्थिति उल्लेखनीय छ । त्यसैले धेरैजसो विषयमा सर्वसाधारणले सामाजिक सञ्जालमा पक्षविपक्षमा धारणा राखिरहेको पाइन्छ । यसले शासकीय वर्गलाई गलत कदम चाल्नबाट रोकेका उदाहरण पनि थुप्रै छन् । सामाजिक सञ्जालमा राखिएको आवाजकै कारण विभिन्न व्यक्तिहरुले न्याय पाएका छन् । सामाजिक सञ्जाललाई सही ढंगले उपयोग गर्न नसक्दा केही आलोचित पनि भएका छन् । त्यसैले अहिलेको समयमा सामाजिक सञ्जालको महत्व झनै बढेर गएको छ ।

तर, सामाजिक सञ्जालप्रति परम्परागत राजनीतिक दलहरु भने अनुदार देखिँदै आएका छन् । केही वर्षअघि सरकारले सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्ध लगाउनु यसको एक उदाहरण हो । टिकटक अहिले विश्वव्यापी रुपमा चर्चित छ । तर, यसले विकृति निम्त्याएको भन्दै नेपाल सरकारले भने प्रतिबन्ध लगाएको थियो । यही सञ्जाल प्रयोग गरेर समाजका धेरै तहतप्काले राम्रो काम पनि गर्दै आएका थिए । तर, सरकारले गलत क्रियाकलापलाई रोक्ने प्रयास गर्नुको साटो प्रतिबन्ध नै लगाउने सहज उपाय अपनाएको थियो, जसको धेरै आलोचना भएपछि अहिले टिकटकमाथिको प्रतिबन्ध हटिसकेको छ ।
तर, सत्तारुढ एमाले अहिले सामाजिक सञ्जाल प्रयोगमा कठोर नीति लिने निर्णयमा पुगेको छ । यसको कारणको रुपमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सामाजिक सञ्जालमा भइरहेको नकारात्मक टिप्पणी उल्लेख गरिएको छ । ओलीप्रति प्रधानमन्त्री बनेयता फेसबुक, एक्स, इन्स्टाग्राम, टिकटक लगायत सामाजिक सञ्जालमार्फत नकारात्मक धारणा बढ्दै गएको एमालेको निष्कर्ष छ । यसमा प्रमुख प्रतिपक्षी दल माओवादी र विपक्षी दल रास्वपा संलग्न रहेको पनि एमालेले जनाएको छ । एमालेको कार्यशालाले पार्टी र नेतृत्वविरुद्धको षड्यन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प पनि गरेको छ ।

एमालेले मात्र नभई सत्तारुढ कांग्रेसले पनि प्रविधि र सामाजिक सञ्जालको बढ्दो दुरुपयोग रोक्ने निर्णय गरेको छ । यसका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी १६ बुँदे कार्यविधि नै तयार पारेको छ । कांग्रेसले सार्वजनिक स्थल, सामाजिक सञ्जालमार्फत पार्टी नीतिविपरीत नेतृत्व, सरकारविरुद्ध गालीगलौज, कुप्रचार वा कुनै पनि बदनियतपूर्ण काम नगर्न नगराउन निर्देशन दिएको छ । राप्रपाले पनि सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ बनाएर कडाइको नीति लिएको छ ।
सामाजिक सञ्जालमा अराजकता पैदा गर्ने, फेक आइडी गरेर भ्रामक कुराहरु फैलाउने लगायत गलत क्रियाकलापलाई व्यवस्थापन गर्ने तरिकाले सरकारले वा दलहरुले नीति लिनुलाई गलत मान्न सकिँदैन । तर, पछिल्लो समय सरकार वा दलहरु सामाजिक सञ्जाललाई नियन्त्रणमा लिने, आफूविरुद्धको आलोचनालाई पनि रोक्ने, आफ्नो प्रशंसा वा गुणगान मात्र गाउन लगाउने रणनीतिमा देखिन्छन् । यस्तो कार्य भने देश र समाजका लागि घातक छ ।

अहिले सरकार वा दलहरुलाई सामाजिक सञ्जालमा आफ्नो आलोचना हुँदै आएकोमा मुख्य समस्या छ । तर, सरकारले राम्रो काम गरेमा, कुनै पनि मन्त्री वा नेताले जनताको हितमा आफूलाई प्रस्तुत गर्न सकेमा भने उसलाई जतिसुकै षड्यन्त्र गरेर बदनाम गराउन खोजे पनि सामाजिक सञ्जाल प्रयोगकर्ताबाट प्रशंसा पाउँछन् । यसका उदाहरण हुन्, डा. सन्दूक रुइत, बालेन शाह, पारस खड्का आदि । त्यसकारण सरकारले पहिला जनताको हितमा काम गर्ने हो, सामाजिक सञ्जालले के भन्छ चिन्ता गर्ने होइन । राम्रो काम गर्न सके जनताले सधैं दिने तथ्यलाई सरकार र दलहरुले बिर्सन हुँदैन । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

शिक्षामन्त्री सस्मित पोखरेलकाे सम्पत्ति विवरण सार्वजनिक

शिक्षामन्त्री सस्मित पोखरेलकाे सम्पत्ति विवरण सार्वजनिक

३ घण्टा अगाडि
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलको मूल्य नेपालमा दक्षिण एसियामै सबैभन्दा महँगो

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए सेभेन सार्वजनिक

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने

राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

राप्रपाको असन्तुष्ट पक्षले थाल्याे पुन: छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक