सोम, चैत्र ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्वेर समुदायका बहुसंख्यक मानसिक स्वास्थ्य सेवा पहुँच बाहिर

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
क्वेर समुदायका बहुसंख्यक मानसिक स्वास्थ्य सेवा पहुँच बाहिर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वेर) समुदायका बहुसंख्यकले मानसिक स्वास्थ्य सेवा पहुँचमा नरहेको जनाएका छन्। मानसिक समस्या रहेको जनाएकामध्ये ३२.१ प्रतिशतले मात्रै मानसिक स्वास्थ्य सेवामा पहुँचमा रहेको जनाएका छन्।  तीमध्ये ४२.२ प्रतिशतले विभेदका कारण मानसिक स्वास्थ्य सेवा लिन जान नचाहेको उल्लेख गरेका छन्।

सर्वेक्षण सहभागीमध्ये  ४२. ७ प्रतिशतमा कुनै न कुनै मानसिक समस्या पाइएको छ। बिहिबार सम्पन्न नेपाल र भुटानको क्वेर मेन्टल हेल्थ सम्मेलनमा भएको छलफलका क्रममा उक्त सर्वेक्षण सार्वजनिक गरिएको हो।

सर्वेक्षणमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वेर) समुदायका कुल ३८९ जना सहभागी थिए । ती मध्ये ३५ प्रतिशतमा एन्जाइटी र ३३.४ प्रतिशतमा डिप्रेसन भएको पाइएको थियो । यस्तै ४२. ७ प्रतिशतमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भएको पाइएको थियो । यस्तो समस्या बढी जसो लैगिंक पहिचान, यौन व्यवहार, स्थायी वसोबास, अपांगता, आफ्नो र आमाको शिक्षामा हुने कमि जस्ता कारणले भएको उल्लेख छ । नेपालको वर्तमान मानसिक स्वास्थ्य सेवाप्रति ४९.१ प्रतिशतले नकारात्मक धारणा राखेका छन्।

सेभ द चिल्ड्रेनको सहयोगमा आयोजित कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानसिक स्वास्थ्य अवस्थाका बारेमा नेपाल र भुटानमा गरिएको सर्वेक्षण प्रतिवेदन, समस्यामा यी समुदायका सदस्यहरुको स्वास्थ्य उपचार सेवामा हुने समस्या लगायतका विषयमा प्रमुख सरोकारवाला पक्षबीच छलफल गरिएको हो ।

कार्यक्रममा निलहिरा समाजका तर्फबाट कनक र यस्तै भुटानबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गरेर आएका टेन्जिङ ग्याल्जेन नेतृत्वको टोलीले सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेको थियो ।

कार्यक्रममा सांसद्वय लक्ष्मी ढकाल र सीता राना मगरले यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वेर) समुदायको मानसिक स्वास्थ्यको विषयमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए। आफूले संसदमा यस विषयलाई जोड दिने उनीहरुको भनाइ थियो।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत नसर्ने तथा मानसिक रोग शाखा प्रमुख डा पोमावती थापाले मानसिक स्वास्थ्यमा सरकारले गरिरहेको पहलबारे बताएकी थिइन्। उनले क्वेर समुदायका लागि थप ध्यान दिनुपर्ने आवश्यकता रहेको महशुस भएको समेत जनाइन्।

सेभ द चिल्ड्रेनका तर्फबाट आयुष जोशीले मानसिक स्वास्थ्य समस्याको अवस्था चित्रित गर्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वेर) समुदायका व्यक्तिहरुलाई घरदेखि स्वास्थ्य संस्थासम्म हुने विभेद, दुर्व्यहार र त्यसबाट उत्पन्न हुने समस्यालाई मिहिन रुपमा केलाएर नीति निर्माण गर्नुपर्ने जनाएका थिए।

कार्यक्रममा निलहिरा समाजकी कार्यक्रम निर्देशक मनिसा ढकालले क्वेर समुदायका व्यक्तिहरुका लागि राज्यले हेर्ने नजरिया बदल्नुपर्ने आवश्यकता रहको औंल्याइन्। विशेष नीतिको आवश्यकता रहेकोमा समेत उनको जोड थियो। कार्यक्रममा त्रिवि शिक्षण अस्पतालबाट डा सगुन वल्लभ पन्त, पराक्रम जवरा, क्वेर समुदायका अभियन्ता संकेत बस्याल लगायतले क्वेर समुदायको मानसिक स्वास्थ्य समस्या र अव गर्नुपर्ने कामका बारेमा बोलेका थिए ।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

अहिले स्थानीय वायुको दोहोरो प्रभाव

५५ मिनेट अगाडि
निर्वाचनको प्रचारमा बालबालिका प्रयोग नगरेको जवाफ

मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन माग

६० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए सेभेन सार्वजनिक

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने

राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

राप्रपाको असन्तुष्ट पक्षले थाल्याे पुन: छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक