मङ्ल, भदौ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विप्लवले खुलाए आम्दानीको स्रोत, केन्द्रीय कार्यालयमा १२ लाख मौज्दात

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
विप्लवले पक्राउ पुर्जीविरुद्ध आन्दोलन गरे घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)को कपिलवस्तुको शिवगढीमा आयोजित केन्द्रीय समितिको बैठकमा सबै नेताहरु पार्टीले चलाएको गार्मेन्टमा सिलाइएका एकनासको युनिफर्मसहित देखापरे । यसले धेरैको ध्यान खिच्यो । नेताहरुका अनुसार ती कपडा शिवगढीमै पार्टी केन्द्रीय कार्यालयले सन्चालन गरेको ‘सी गार्मेन्ट’मा सिलाइएका हुन् । गार्मेन्टले अरु विभिन्न कपडाहरु सिलाउने र बेच्ने गरेर आम्दानी गर्दै आएको छ ।

नेताहरुका अनुसार युद्धकालीन जनकम्युनको अवधारणामा विभिन्न जिल्लामा खेतिपाती, पशुपालन र लघु उद्योग सन्चालन हुँदै आएको छ । त्यसबाट हुने आम्दानीको खर्च कटाएर बाँकी भएको नाफा पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने नियम छ ।

यसैबीच केन्द्रीय कमिटी बैठकमा नेकपाको महासचिव विप्लवले पार्टीले उत्पादन क्षेत्रको प्रगति तथा आम्दानी र खर्चको विवरण सार्वजनिक गरेका छन् । र, पार्टी केन्द्रीय कार्यालयमा कसले कति रकम बुझायो र कति मौज्दात छ भनेर पनि उनले रकम खुलाएका छन् ।

सबैभन्दा पहिले नेकपाले कहाँ-कहाँ के-के गरेर कमाएको छ भन्ने कुराको चर्चा गरौं ।

महासचिव विप्लवका अनुसार १२० विघामा धान र पहाडमा सिमी, कोदो, फलफूल उत्पादन गरिएको छ । यसबाट दुई हजार क्विन्टल धान लगायत खाद्यान्न, दलहन र फलफूल उत्पादन भएको जानकारी विप्लवले दिए । उनले आफ्नो पार्टीको उत्पादन कार्य नेपालको कम्युनिष्ट आन्दोलनको सन्दर्भमा नयाँ भइरहेको बताएका छन् ।

यस्ता प्रयत्नहरु विगतमा केही भए पनि ती आन्दोलनका रुपमा उठ्न र टिक्न नसकेको प्रसंग जोड्दै विप्लवले आफ्नो पार्टीले भने सफलता हासिल गरिरहेको निष्कर्ष प्रस्तुत गरेका छन् ।

‘असारदेखि यता वर्षे बाली उत्पादन गत वर्षभन्दा माथि पुगेको’ जानकारी दिँदै विप्लवले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘हाम्रो उत्पादन अभियान भने अनेकौं समस्याहरुसँग जुझ्दै सफल परिणामसहित अगाडि बढिरहेको छ । यसले पार्टीको ओज, गरिमा र सारतत्वलाई नयाँ उचाइमा उठाइदिएको छ ।’

उत्पादन अभियानमा व्यवसायी, बुद्धिजीवी, कर्मचारी र पार्टी प्रतिनिधिहरुको सकारात्मक सहयोग रहेको उनले जानकारी गराएका छन् ।

नेकपाले हालै मोरङ र कपिलवस्तुमा गाईपालन सुरु गरेको छ । ‘तिनको प्रभाव निकै राम्रो रहेको छ । कपिलवस्तु गाई फारमले २ लाख पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ,’ विप्लवको प्रतिवेदनमा लेखिएको छ । यसैगरी कम्युन गौशालाबाट २ लाख १५ हजार प्राप्त भएको उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

नेकपाले काठमाडौं उपत्यका क्षेत्रमा हार्पिक र फिनेल उद्योग समेत चलाएको छ । त्यो प्रभावकारी ढंगले चलेको भन्दै विप्लवले उक्त उद्योगवाट ९० हजार रुपैयाँ केन्द्रीय कार्यलयमा प्राप्त भएको जानकारी गराएका छन् ।

अरु ककसले पार्टीमा कति बुझाए ?

नेकपाको पार्टीका संगठनहरुले निश्चित रकम पार्टीमा बुझाउनुपर्ने छ । यस नियम अनुसार कानून विभागको कामबाट १५ लाख ५० हजार र अन्तर्राष्ट्रिय विभागबाट १ लाख रुपैयाँ प्राप्त भएको विप्लवले जानकारी गराएका छन् ।

यसैगरी विद्यार्थी मोर्चाबाट ६ लाख, सहयोगी व्यवसायीबाट १८ लाख, अर्थविभागका दिनेशबाट ३ लाख ५० हजार, कलमबाट १ लाख ५० हजार, सुशिलबाट ५० हजार रुपैयाँ प्राप्त भएको विप्लवको प्रतिवेदनमा उल्लेख छ ।

सहयोगी प्रकाशन नयाँ सपनाबाट २५ हजार, नवयात्रा अनलाइनबाट २० हजार प्राप्त भएको विवरण छ ।

विभिन्न जिल्लाहरुले पार्टीमा बुझाएको रकमको विवरण समेत विप्लवले सार्वजनिक गरेका छन् ।

उनका अनुसार कपिलवस्तुबाट ५ लाख ५० हजार, रुपन्देहीबाट १ लाख ५० हजार, नवलपुरबाट १ लाख, काठमाडौंबाट ६ लाख ५० हजार, दोलखाबाट ३ लाख, नुवाकोटबाट २ लाख ५० हजार, चितवनबाट १४ हजार, दाङबाट १ लाख २५ हजार रुपैयाँ केन्द्रीय कार्यालयमा प्राप्त भएको छ ।

यसैगरी उदयपुरले १ लाख, कैलालीले ५० हजार, सिन्धुपाल्चोकले १ लाख २० हजार, ललितपुरले १ लाख, बाग्लुङले २ लाख ५० हजार, मकवानपुरले ३० हजार, कास्कीले १ लाख, तनहुँले ५० हजार, रोल्पाले ५० हजार, सुर्खेतले ५० हजार, अर्घाखाँचीले ५० हजार, भक्तपुरले १० हजार, जाजरकोटले ३५ हजार, म्याग्दीले ५० हजार, प्युठानले १० हजार, सल्यानले ५० हजार र झापाले २५ हजार रुपैयाँ पार्टीलाई बुझाएका छन् । रुकुम र कञ्चनपुर जिल्लाले बुझाएको रकमको विवरण भने विप्लवको प्रतिवेदनमा उल्लेख छैन ।

यसैगरी नेकपाको साँस्कृतिक संगठन सामना परिवारले १ लाख ५० हजार रुपैयाँ बुझाएको छ । नारायणबाट ४० हजार र योगेसबाट ४० हजार रुपैयाँ पनि प्राप्त भएको विप्लवले लेखेका छन् । तर उनीहरु को हुन् भन्ने प्रतिवेदनमा उल्लेख छैन ।

यो पनि पढ्नुहोस्

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

५ मिनेट अगाडि
Live : प्रतिनिधिसभा बैठक सुरु

सभामुखकाे नियमित स्वास्थ्य परीक्षण

३१ मिनेट अगाडि

नेकपा केन्द्रीय कार्यालयलाई बागमती प्रदेशले २ लाख, मधेशले १ लाख २५ हजार तथा गण्डकी र सुदूरपश्चिमले ५०–५० हजार रुपैयाँ बुझाएका छन् ।

महासचिव विप्लवको प्रतिवेदनमा ‘१ नं.’बाट १ लाख २० हजार रुपैयाँ प्राप्त भएको पनि उल्लेख छ । ‘१ नं.’ भनेको के हो स्पष्ट हुन सकेको छैन ।

केन्द्रीय कार्यालयमा १२ लाख मौज्दात

विभिन्न स्रोतबाट प्राप्त रकमको खर्चको विवरण समेत प्रतिवेदनमा उल्लेख छ । र, खर्च कटाएर १२ लाख रुपैयाँ केन्द्रीय कार्यालयमा मौज्दात रहेको विप्लवले आफ्नो प्रतिवेदनमार्फत् जानकारी दिएका छन् ।

उनका अनुसार कार्यालय भवनको बाँकी ८ लाख तिरिएको जानकारी दिएका छन् । साथै निर्माणमा ६ लाख, प्राविधिकमा ११ लाख, भुक्तान गरिएको उनको भनाइ छ । गाईफर्ममा ३ लाख ५० हजार, गार्मेन्टमा २ लाख ५० हजार, भेंडापालनमा ४ लाख र कम्युनहरुमा २ लाख रुपैयाँ खर्च भएको उनले उल्लेख गरेका छन् ।

स्वास्थ्य उपचार, सहिदपरिवार र घरभाडा अन्य व्यवस्थापनमा कति खर्च भयो भन्ने विवरण भने प्रतिवेदनमा केही उल्लेख छैन ।

विप्लव अझै असन्तुष्ट !

महासचिव विप्लवले नेकपाले आर्थिक क्षेत्रमा आत्मनिर्भरताको विचार लागु गरेपछि पार्टीलाई मात्र होइन देशलाई नै प्रभावित पारेको निष्कर्ष निकालेका छन् । ‘नयाँ आर्थिक मार्ग’ उपशीर्षकमा उनले अब अर्थसम्बन्धमा नयाँ विकास आवश्यक रहेको संश्लेषण गरेका छन् ।

‘आर्थिक मोर्चाबाट राजनीतिक कमाण्ड गर्नुपर्ने आवश्यकता बनेको छ,’ विप्लवले लेखेका छन्, ‘क्रान्तिमा पैदा भएको उतारलाई चढावतिर, रक्षात्मकतालाई आक्रमकतातिर, पराजयलाई विजयतिर बढाउन अर्थसम्बन्धमा नयाँ विकास आवश्यक बनेको छ ।’

सबै क्षेत्रमा रहेका सकारात्मक सोच भएका नागरिकले सक्दो सहयोग गरिरहेको भन्दै विप्लवले तर यसमा अझै पार्टीको सम्पूर्ण शक्ति एकरुपताका साथ संचालित नभएको बताएका छन् । सबै शक्तिलाई युद्धस्तरमा परिचालित गर्ने हो भने कसैले अनुमान नगरेको परिणाम हासिल गर्न सकिने उनको भनाइ छ ।

नेकपाले अनुसरण गरेको उत्पादन कार्य केवल पार्टीलाई आत्मनिर्भर गराउनेसँग मात्र पनि सम्बन्धित नभएको भन्दै विप्लवले यसको दीर्घकालिक सम्बन्ध पुरानो आर्थिक आधारलाई भत्काउने, समाजवादी प्रकारको आर्थिक सम्बन्धको निर्माण गर्ने र आम नागरिकलाई श्रमबाट समृद्धि ल्याउन सकिन्छ भन्ने विश्वास दिनेसँग पनि रहेको जनाएका छन् । ‘तसर्थ यसको महत्वलाई विशेषरुपले ग्रहण गर्नु पर्दछ,’ विप्लवले भनेका छन् ।

नेकपाले विगतका गलत आर्थिक सोच र व्यहारलाई धेरै हदसम्म परिवर्तन गर्दै अगाडि बढे पनि यसमा साधारण होइन आमूल परिवर्तन आवश्यक रहेकोमा विप्लवको जोड छ । आर्थिक क्षेत्रमा विकास गरेको एकीकृत स्वामित्वको मौलिक दृष्टिकोण तथा जीवन व्यवहारमा लागु गरेको आत्मनिर्भरतालाई नयाँ उचाइ दिन आवश्यक रहेको उनको भनाइ छ । ‘यसका लागि आर्थिक कार्य र व्यवहारमा नयाँ र फरक मार्ग अपनाउन जरुरी भएको छ,’ विप्लवले प्रतिवेदनमा लेखेका छन्, ‘यसलाई एकीकृत स्वामित्व, सामूहिक उत्पादन र व्यक्तिगत उत्तरदायित्वको नयाँ मार्ग भन्नु उचित हुन्छ । यसले पार्टी भित्र समाजवादको प्रयोगलाई व्यक्त गर्ने छ भने उत्पादनले आत्मनिर्भरता र समृद्धितिर बढाउने छ ।’

हरेक नेतालाई आफ्नो निजी आर्थिक कार्य र पार्टीको आर्थिक कार्यलाई तालमेलमा राख्न सिक्न उनले सुझाएका छन् । नेताहरुको आर्थिक जीवन कसरी चलेको छ या नेताले गर्ने कार्यबाट पार्टीको आर्थिक कार्यलाई कसरी मद्दत पुगेको छ भन्ने विषय ज्यादै महत्वको भएको बताउँदै विप्लवले भनेका छन्, ‘यो मिलाउन सकिएन भने समाजवाद फेरि पनि उत्पादन विनाको वितरणको कुहिरोमा हराउने छ ।’ online khabar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

आफ्नी बहिनी ‘मुटुको टुक्रा’, अरूकी बहिनी ‘दामी माल’ ?

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै अदालत पुग्याे

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक