काठमाडौं । यु-१९ एसियाकपमा समूहचरणको अन्तिम तथा दोस्रो खेलमा नेपालले भारतविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।
मलेसियास्थित बायुमास ओभलमा केही ढिला भएको टसमा भारतले जितेर फिल्डिङ रोजेको हो।
नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको नेपाल भारतविरुद्ध उच्च मनोबलका साथ प्रतिस्पर्धाको लक्ष्यमा रहेको छ।भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई ९ विकेटले हराएको थियो।
पाकिस्तानलाई हराएसँगै नेपालले सेमिफाइनल अर्थात शीर्ष चारमा स्थान पक्का गरेको छ। नेपालसँगै भारतले क्वालिफाइ गरिसकेका छन्। नेपालले सुपर चारमा अब श्रीलंका र बंगलादेशसँग पनि खेल्न पाउने छ।
शीर्ष चारमा प्रतिस्पर्धापछि शीर्ष २ मा रहने टिमले आगामी आइतबार फाइनल खेल्ने छन्। बिहीबार र शुक्रबार शीर्ष चारका खेलहरु हुनेछन्।


