काठमाडौं । एसिसी यु– १९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।
जितका लागि पाकिस्तान यु– १९ ले दिएको १ सय ५ रनको लक्ष्य नेपाल यु–१९ ले १९ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कप्तान पूजा महतो नायक बनिन् ।
उनले बलिङ र ब्याटिङबाट टिमलाई जित दिलाइन् । पहिलो जितसँगै नेपाल महिला एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ । लगातारको दोस्रो हारसहित पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।
पाकिस्तान पहिलो खेलमा भारतसँग नौ विकेटले पराजित भएको थियो । अब नेपालले मंगलबार भारतसँग भिड्ने छ ।


